सत्ता समिकरणबारे छलफल गर्न ओली एमाले नेतासहित देउवा निवासमा, होला त ओली–देउवाको सहकार्य ? « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

सत्ता समिकरणबारे छलफल गर्न ओली एमाले नेतासहित देउवा निवासमा, होला त ओली–देउवाको सहकार्य ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नयाँ सत्ता समिकरणबारे छलफल गर्न काङ्ग्रेस सभापती शेरबहादुर देउवा निवास पुगेका छन । प्रधानमन्त्री ओलीले संसदको विषेस अधिवेसन बोलाएर विश्वासको मत लिने मिति नजिकिँदै जाँदा प्रधानमन्त्रीको दौडधुप बढेको हो ।

ओलीलाई सत्ताबाट हटाउन काङ्ग्रेस माओवादी र जनता समाजवादी पार्टीविच छलफल चलिरहेको बेला ओली देउवालाई भेट्न बुढानिलकण्ड पुगेका छन । ओली काङ्ग्रेस सभापती भेट्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, एमाले संसदिय दलका उपनेता सुवास नेम्वाङ देउवा निवास पुगेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिन यही बैसाख २७ गते संसदको विषेस अधिवेसन आह्वाग गरेका छन । एमालेभित्र पनि माधव नेपाल पक्षका २१ जना प्रतक्ष निर्वाचित सांसदहरुले राजिनामा दिएर प्रतिपक्षलाई सहयोग पुर्याउने बारेमा छलफल चलिरहेका बेला ओली दलवलसहित देउवा निवास पुगेका छन ।


प्रतिक्रिया दिनुहोस्