डिप्रोक्स लघुवित्तको नाफा ३३ करोड ४४ लाख रुपैयाँ, ईपीएस ४८.२१ रुपैयाँ « Arthapath.com
१३ माघ २०७८, बिहीबार

डिप्रोक्स लघुवित्तको नाफा ३३ करोड ४४ लाख रुपैयाँ, ईपीएस ४८.२१ रुपैयाँ



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३.२३ प्रतिशत बढेर ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३२ करोड ४० लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी ७.७९ प्रतिशत बढेर ७१ करोड ३० लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६६ करोड १४ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ४७ करोड २९ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ९२ करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३८ प्रतिशत बढेर १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार रुपैयाँ, जगेडा कोष १३.२५ प्रतिशत बढेर १ अर्ब ३६ करोड २४ लाख ९५ हजार रुपैयाँ, निक्षेप २७.८२ प्रतिशत बढेर ७ अर्ब ३९ करोड ४४ लाख ७२ हजार रुपैयाँ र कर्जा २३.४७ प्रतिशत बढेर १७ अर्ब ९ करोड १० लाख ९६ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको सापटि १०.४३ प्रतिशत बढेर ७ अर्ब ५४ करोड १० लाख ६९ हजार रुपैयाँ लिएको छ ।

पौष मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २४ पैसा घटेर ४८ रुपैयाँ २१ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६४ रुपैयाँ ४५ पैसा प्रतिशेयर आम्दानी गरेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात २७.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ २० पैसा रहेको छ ।

लघुवित्तको खराब कर्जा ०.५९ प्रतिशत र कस्ट अफ फण्ड ७.१८ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्