जानकी फाइनान्सको नाफा ३ करोड ५५ लाख रुपैयाँ, ईपीएस कति ? « Arthapath.com
१३ माघ २०७८, बिहीबार

जानकी फाइनान्सको नाफा ३ करोड ५५ लाख रुपैयाँ, ईपीएस कति ?



काठमाडौं । जानकी फाइनान्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा बढेर ३ करोड ५५ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्स ४ करोड ६८ लाख ५२ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा फाइनान्सको खुद ब्याज आम्दानी ६५.३० प्रतिशत बढेर ९ करोड ५१ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ५ करोड ७५ लाख ७७ हजार रुपैयाँ खुद बयाज आमदानी गरेको थियो ।

समिक्षा अवधिमा फाइनान्सको सञ्चालन नाफा ४ करोड २७ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सको ४ करोड ६८ लाख ५२ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको थियो ।

पौष मसान्तसम्ममा फाइनान्सको चुक्ता पूँजी ६० करोड ४ लाख ११ हजार रुपैयाँ, जगेडा कोष २१.५९ प्रतिशत बढेर २० करोड ५४ लाख ९४ हजार रुपैयाँ, निक्षेप ७.१६ प्रतिशत बढेर ३ अर्ब ८ करोड ३० लाख ९० हजार रुपैयाँ र कर्जा ३८.८७ प्रतिशत बढेर २ अर्ब ९९ करोड ७२ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा रहेको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६० गुणा रहेको छ । फाइनान्सको इन्ट्रेष्ट रेट स्प्रिड ४.९९ प्रतिशत, बेस रेट ९.९४ प्रतिशत, कस्ट अफ फण्ड ८.३२ प्रतिशत र खराब कर्जा ५.३१ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्