मनकामना स्मार्ट लघुवित्तको नाफा ४७.३२ प्रतिशत घट्यो, ईपीएस कति छ ? « Arthapath.com
१९ माघ २०७८, बुधबार

मनकामना स्मार्ट लघुवित्तको नाफा ४७.३२ प्रतिशत घट्यो, ईपीएस कति छ ?



काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा ४७.३२ प्रतिशत घटेर १ करोड ३ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १ करोड ९७ लाख १९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १३.९५ प्रतिशत बढेर ३ करोड ९८ लाख ३६ हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षके सोही अवधिमा लघुवित्तले ३ करोड ४९ लाख ५७ हजार रूपैयाँ खुद ब्याज आमदानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा बढेर २५ लाख ६२ हजार रूपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको संचालन मुनाफा ५२ करोड ३५ लाख रुपैयाँ ऋणात्मक थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ७२.३३ प्रतिशत बढेर १४ करोड १७ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष २ प्रतिशत घटेर २ करोड ८१ लाख ५० हजार रुपैयाँ, निक्षेप १७.५६ प्रतिशत बढेर ३६ करोड ५७ लाख ८८ हजार रुपैयाँ, कर्जा १९ प्रतिशत बढेर १ अर्ब ५ करोड ७१ लाख ५९ हजार रुपैयाँ र कर्जा ११.८१ प्रतिशत बढेर ५३ करोड ९१ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६६ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०९.१६ गुणा रहेको छ । लघुवित्तको खराव कर्जा ४.९७ प्रतिशत र कस्ट अफ फण्ड ७.५४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्