गुराँस लघुवित्तको नाफासँगै ईपीएसमा गिरावट, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
१९ माघ २०७८, बुधबार

गुराँस लघुवित्तको नाफासँगै ईपीएसमा गिरावट, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६.८२ प्रतिशत घटेर ७३ लाख ८९ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १ करोड ३८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ३ प्रतिशत बढेर ३ करोड ५१ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४० लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मु्नाफा ४६.८२ प्रतिशत घटेर १ करोड १६ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड १८ लाख ३५ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी १६.९१ प्रतिशत बढेर ९ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष १३.९२ प्रतिशत घटेर २ करोड ७६ लाख ३० हजार रुपैयाँ, निक्षेप ३३.९७ प्रतिशत बढेर २४ करोड ६४ लाख ४८ हजार रुपैयाँ, कर्जा २८.७५ प्रतिशत बढेर १ अर्ब १७ करोड ९१ लाख ८८ हजार रुपैयाँ र कर्जा ३२ प्रतिशत बढेर ८४ करोड १० लाख २५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०८ पैसा घटेर १५ रुपैयाँ १६ पैसामा आएको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ २४ पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.५५ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा ३.०४ प्रतिशत र कस्ट अफ फण्ड ८.३० प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्