सपोर्ट लघुवित्तको नाफा १ करोड रुपैयाँ, ईपीएस घट्दा अन्य सूचक कस्ता छन् ? « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

सपोर्ट लघुवित्तको नाफा १ करोड रुपैयाँ, ईपीएस घट्दा अन्य सूचक कस्ता छन् ?



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३७.३३ प्रतिशत घटेर ९९ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १ करोड ५८ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ११.८३ प्रतिशत घटेर ३ करोड ६४ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड १३ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३७.३३ प्रतिशत घटेर १ करोड ५७ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ५० लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ३० प्रतिशत बढेर ८ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष ७.११ प्रतिशत बढेर ४ करोड ५ लाख ७४ हजार रुपैयाँ, निक्षेप १० प्रतिशत बढेर २३ करोड १४ लाख ५३ हजार रुपैयाँ, कर्जा ११.०८ प्रतिशत बढेर १ अर्ब १६ करोड ३१ लाख ९९ हजार रुपैयाँ र सापटि रकम १३.८८ प्रतिशत बढेर ८९ करोड ९६ लाख ११ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा घटेर २३ रुपैयाँ ९ पैसामा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ९० पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८८.१२ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा ३.७४ प्रतिशत र कस्ट अफ फण्ड ८.७९ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्