सूर्योदय लघुवित्तका सबै सूचकमा छलाङ, नाफा ४४५ प्रतिशत बढ्दा ईपीएस कति ? « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

सूर्योदय लघुवित्तका सबै सूचकमा छलाङ, नाफा ४४५ प्रतिशत बढ्दा ईपीएस कति ?



काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४४४.९३ प्रतिशत बढेर ६ करोड ४४ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १ करोड १८ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १७९.७१ प्रतिशत बढेर १६ करोड १९ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ७८ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ७६६.२० प्रतिशत बढेर ४ करोड १० लाख ३२ प्रतिशत आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ४७ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ३८.४१ प्रतिशत बढेर २९ करोड ७६ लाख ५१ हजार रुपैयाँ, जगेडा कोष ५२ प्रतिशत बढेर १९ करोड ५८ लाख १८ हजार रुपैयाँ, निक्षेप ४१.९५ प्रतिशत १ अर्ब ७१ करोड ४१ लाख १ हजार रुपैयाँ, कर्जा ८१.०१ प्रतिशत बढेर ५ अर्ब ३ करोड ४४ लाख ६७ हजार रुपैयाँ र सापटि रकम ७८ प्रतिशत बढेर ३ अर्ब १६ करोड २७ लाख २९ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ३१ पैसा रहेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३९.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५.७९ रुपैयाँ रहेको छ । लघुवित्तको खराव कर्जा ३.०४ प्रतिशत र कस्ट अफ फण्ड ६.५९ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्