नेशनल र सुनकोशी हाइड्रोपावरको एकीकृत कारोबार सुरु, ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने « Arthapath.com
१४ आश्विन २०७९, शुक्रबार

नेशनल र सुनकोशी हाइड्रोपावरको एकीकृत कारोबार सुरु, ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । नेशनल हाइड्रोपावर र सुनकोशी हाइड्रोपावर कम्पनीले एकीकृत कारोबार सुरु गरेका छन् ।

नेशनल हाइड्रोपावरले सुनकोशी हाइड्रोपावरलाई प्राप्तिपछि आज अर्थात असोज १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो । प्राप्तिपछि नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।

नेशनल हाइड्रोपावरले प्राप्ति सम्बन्धी प्रस्ताव २०७८ भदौ १० गते र सुनकोशी हाइड्रोले २०७८ चैत ११ गते विशेष साधारण सभामार्फत पारित गरेको थियो ।

यी दुई कम्पनीलाई प्राप्तिका लागि विद्युत् नियमन आयोगले गत साउन ११ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०७९ असोज ४ गते स्वीकृति प्रदान भएको हो । कम्पनीको केन्द्रीय कार्यालय साबिककै ठाउँमा (काठमाडौं, नयाँ बानेश्वर) रहने जानकारी कम्पनीले दिएको छ ।

सुनकोशी हाइड्रोपावरलाई प्राप्तिपछि नेशनल हाइड्रोपावर हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनील प्राप्तिपश्चात् कायम हुन आउने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरिसकेको छ । यो हकप्रद शेयर साविकका सुनकोशी हाइड्रोका सेयरधनीहरूले समेत प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्