विद्युत बिक्री सुरु गरेकै वर्ष ग्रीन भेन्चर्सको आम्दानी ९४ करोड ४३ लाख बढी, नाफामा उल्लेख्य सुधार « Arthapath.com
१४ आश्विन २०७९, शुक्रबार

विद्युत बिक्री सुरु गरेकै वर्ष ग्रीन भेन्चर्सको आम्दानी ९४ करोड ४३ लाख बढी, नाफामा उल्लेख्य सुधार



काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले बल्ल गत आर्थिक वर्ष २०७/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।
शुक्रबार प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले गत आवमा नाफामा उल्लेख्य सुधार गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा ९७ लाख ६७ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीले गत आवमा भने ९ करोड १९ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत आवमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी वृद्धि भएपछि नाफामा सुधार भएको हो । गत आवमा कम्पनीले ९४ करोड ४३ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत वर्षदेखि विद्युत बिक्री सुरु गरेको थियो । विद्युत बिक्री सुरु गरेको पहिलो वर्षमा कम्पनीले उल्लेख्य आम्दानी गर्न सफल भएको हो । कम्पनीको संचालना नाफा १३.३९ प्रतिशतले वृद्धि भई ५४ करोड ३६ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोष १ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४१ पैसा प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ४३ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्