कति व्यावहारिक छ दशैंमा डिजिटल दक्षिणा ? भुक्तानी प्रणालीमा डिजिटाइजेशनको विकास « Arthapath.com
१७ आश्विन २०७९, सोमबार

कति व्यावहारिक छ दशैंमा डिजिटल दक्षिणा ? भुक्तानी प्रणालीमा डिजिटाइजेशनको विकास



काठमाडौं । नेपाली अर्थमन्त्र विस्तारै डिजिटाइजेशनमा रुपान्तरण हुँदै गईरहेको छ । भुक्तानी प्रणालीमा डिजिटाइजेशनको विकास उत्तिकै उत्साहजनक देखिएकोे छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीपछि भुक्तानी प्रणालीमा नयाँ मोड आएको छ । महामारीले नेपालीलाई विद्युतीय भुक्तानी प्रणालीप्रति आकर्षित पनि गराएको छ । एक हिसाबले नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्न बाध्य बनाएको छ । विद्युतीय भुक्तानीमा भिसा, मास्टर कार्ड, नेपालका प्रक्डट डेप्लपहरु, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक कम्पनीहरुको महत्वपूर्ण योगदान छ ।

पछिल्लो समय अधिकांश क्षेत्रमा अनलाइन भुक्तानीको सुविधा उच्च विस्तार भएको छ । आम मानिसहरुको दैनिकी नै डिजीटल उन्मुख नै छ । सामान्य चिया, खाजा खाँदा, तरकारी लगायतका घरायसी प्रयोजनका सामग्री खरिदमा होस्, या ठुला ठुला खरिदबिक्रीमा होस् सबै कारोबार भुक्तानी डिजीटल मार्फत नै हुने गरेको छ । पछिल्लो समय त विभिन्न मठ मन्दिरमा राखिने दानपेटीका, सवारी साधानको प्रयोग लगायतमा पनि अनलाइन मार्फत नै पेमेन्ट हुने गरेको पाइन्छ ।

यति बेला नेपाली हिन्दुधर्मालम्वीहरुको महान् चाड वडा दशैं मुखैमा आईपुगेको छ । दशैं, तिहार लगायतका चाडपर्वमा दिने दक्षिणा पनि अब विस्तारै डिजीटल उन्मुख रहेको छ । यसको विषयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, विज्ञहरुले सवाल उठाउँदै आएका छन् । अहिलेको अवस्थामा नोटको तुलनामा डिजिटल दक्षिणा सुरक्षित र निकै उपयोगी देखिएको छ । दशैं तिहार लगायतका चाडपर्वमा प्रयोग गरिने अबिर तथा अक्षेताका कारण ५ वर्ष चल्ने नयाँ नोट १ वर्ष मै पुरानो हुनेगर्छ । दशैंमा नयाँ नोट निकाल्नु सरकारलाई पनि घाटा हुने भएकाले अब डिजीटल दक्षिणाको विकल्प छैन । पैसाको कारोबारलाई सुरक्षित बनाउनका लागि पनि डिजीटल दक्षिणा आवश्यक रहेको छ ।

नेपाल राष्ट्र बैंकले पनि नोटको प्रायोगलाई निरुत्साहन गर्न केहि वर्ष यता डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । राष्ट्र बैंकका योजनापछि बैंक तथा वित्तीय संस्थाहरुले पनि इन्टरनेट मोबाइल बैंकिङका प्रयोगकर्ताहरुका लागि दशैं, तिहार लगायतका चाडपर्वमा दक्षिणा दिने योजनाहरु धमाधम सार्वजनिक गर्दै समेत आएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल भुक्तानी बढवा दिनका लागि विभिन्न स्किमहरु पनि ल्याउने गरेका छन् । बैंकहरुले मोबाइल बैंकिङ एप मार्फत दिईने दक्षिणामा आकर्षक क्यासब्याक दिने अफरहरु पनि ल्याएका छन् । दशैं तिहार लक्षित गरी ल्याएको योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने बताइएको छ ।

दशैं तिहार लगायतका चाडपर्वमा साटिने नयाँ नोट संधैका लागि बन्द गरि डिजिटल दक्षिणा दिने बानीको विकास गर्नुपर्ने नबिल बैंकका डेपुटी सीईओ मनोजकुमार ज्ञवालीले बताए ।

उनले यसपालिको दसैँतिहार ‘डिजिटल दक्षिणा वर्ष’का रुपमा मनाउन आग्रह समेत गरेका छन् । नोटलाई खेलौनाका रुपमा प्रयोग गर्न नदिने कुरामा राष्ट्र बैंक प्रस्ट हुनुपर्ने ज्ञवालीको धारणा छ । उनले भने,–‘एकातर्फ बैंकिङलाई डिजिटल हुन प्रोत्साहन गर्ने अर्कोतर्फ दक्षिणा दिने भन्दै खुद्रा नोटहरु चाड पर्वमा सटही गर्नुहुँदैन ।’ ‘बरु यस वर्षलाई ‘डिजिटल दक्षिणा बर्ष’का रुपमा मनाऔँ र दक्षिणा खातामा रकमान्तर गरेर दिऔँ, पैसाको बचत हुने, नोट छपाइ खर्च बच्ने, बैंकिङलाई खुद्रा नोट व्यवस्थापनको टाउको दुखाइ पनि नहुने, नोटको आयु घट्ने पनि दसैँको बेला नै हो। पुराना नोट नै प्रयोग गर्दा फरक पर्दैन।’– ज्ञवालीले भने ।

यस्तै, कामना सेवा विकास बैंक प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले पनि अबको २÷३ वर्षमा आम मानिसमा नगद बोकेर हिड्ने प्रचलन नै हराउने बताए । यसपालीको दशैंमा दिई दक्षिणा सकेसम्म डिजीटल गर्नुपने उनको भनाईछ । उनले भने,–राष्ट्र बैंकले जारी गरेको पोलेसी, सफा नोट प्रयोग भन्ने निर्देशनलाई हामी कार्यन्वयन गर्ने हो । मैले आफूले दिने दक्षिणा सकेसम्म डिजिटल नै अपनाउने गरेको छु । म थोरै मात्रामा क्यास लिएर हिड्ने मान्छे हुँ । पछिल्लो सयमत झन् यति धेरै डिजीटाईजेशन भयो कि खल्तीमा एक रुपैयाँ नहुँदा पनि रोकिनुपर्ने अवस्था छैन ।

जेष्ठ नागरिक तथा हाम्रा अभिभावकलाई पनि डिजीटल दक्षिणाको बारेमा बुझाएर अझै प्रोत्साहन गरिनुपर्ने उनको भनाई छ ।नेपालमा मनाई दशैं तिहार लगायतका चाडपर्वमा दिईने दक्षिणा डिजीटल बनाउनका लागि बैंक तथा वित्तीय संस्थाहरुले संचालन ल्याएको विभिन्न एपहरुबाट आदन प्रदान गर्न सकिन्छ ।

डिजीटल दक्षिणाका लागि नेपालमा प्रयोगमा आएका कुनै पनि डिजिटल पेमेन्ट एप तथा बैंक तथा वित्तीय संस्थाहरुले संचालनमा ल्याएको विभिन्न एपहरुबाट सजिलै पेमेन्ट गर्न सकिन्छ ।

सो एप मार्फत जो कसैको खाता, मोबाइल नम्बरमा पैसा पठाउन सकिन्छ । इसेवा, खल्ती, आइएमई पे, पोन पे, आई–पे, इ–नेट पेमेन्ट र डिपैसा, सेल पे, प्रभु पेलगायत एपहरुको पनि प्रयोग गर्न सकिने छ । यी बैंक तथा वित्तीय संस्थाहरुको एपहरुबाट मोबाइल रिचार्ज तथा सहजै पैसा आदन–प्रदान गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्