वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी औसतमा २० रुपैयाँः अधिकांशको घट्यो, कुन–कुनले बढाए ? « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी औसतमा २० रुपैयाँः अधिकांशको घट्यो, कुन–कुनले बढाए ?



काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।विवरण अनुसार २६ बैंकको नाफा पहिलो त्रैमासमा सामान्य वृद्धि भएको देखिएको छ ।

चालु आवको असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुको नाफा ५.९३ प्रतिशतले वृद्धि भई १८ अर्ब ७५ करोड ६८ लाख १५ हजार रुपैयाँ कायम भएको छ । बैंकहरुले गत वर्षको सोही अवधिमा भने १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएका थिए ।

उक्त अवधिमा ६ वटा बैंकको नाफा १ अर्ब बढी रहेको छ । ६ बैंकको नाफामा सुधार देखिएको छ भने एक दर्जन बढी बैंकको नाफा गिरावट आएको छ ।

यस्तै, उक्त अवधिमा बैंकहरुको प्रतिसेयर आम्दानी विवरण हेर्ने हो भने प्रति बैंक औसतमा २० रुपैयाँ ८६ देखिएको छ । तर, गत वर्षको पहिलो त्रैमासको तुलनामा भने अधिकांश बैंकहरुको प्रतिसेयर आम्दानी घटेका छन् । चालु आवको पहिलो त्रैमासमा केही बैंकहरुले मात्र प्रतिसेयर आम्दानी वृद्धि गरेका छन् ।

उक्त अवधिमा सबैभन्दा बढी आम्दानी एनआईसी एशिया बैंकले बढाएको छ । चालु आवको असोज मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९७ पैसाले बढेर ५९ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

उक्त अवधिमा स्ट्यान्र्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ ९४ पैसाले वृद्धि भई ३४ रुपैयाँ ४२ पैसा पुगेको छ । यस्तै, कुमारी बैंकले पनि ११ रुपैयाँ ६३ पैसाले बढाएर २७ रुपैयाँ २३ पैसा, एभरेष्ट बैंकले १० रुपैयाँ ५४ पैसाले बढाएर ३६ रुपैयाँ ५८ पैसा र नेपाल एसबीआईले ९ रुपैयाँ ८३ पैसाले बढाएर २५ रुपैयाँ ५४ पैसा पुर्याएको छ ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी सनराइज बैंकको घटेको छ । उक्त अवधिमा बैंकको आम्दानी १६ रुपैयाँ ८२ पैसाले घटेर १ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

यता, ठुला मानिने नबिलको ५ रुपैयाँ १० पैसा, ग्लोबलको ५७ पैसा, एनएमबिको ३ रुपैयाँ ६ पैसा, प्रभुको २४ पैसाले प्रतिसेयर आम्दानीमा गिरावट आएको छ ।

कुनको बैंकको प्रतिसेयर आम्दानी कति ?


प्रतिक्रिया दिनुहोस्