अपर तामाकोशीले उकास्यो हाइड्रोपावर कम्पनीको विक्री आम्दानी: साढे ७ अर्ब नाघ्यो, कुनको कति ? « Arthapath.com
१२ मंसिर २०७९, सोमबार

अपर तामाकोशीले उकास्यो हाइड्रोपावर कम्पनीको विक्री आम्दानी: साढे ७ अर्ब नाघ्यो, कुनको कति ?



काठमाडौं । सूचीकृत जलविद्युत कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० तीन महिनामा सूचीकृत जलविद्युत कम्पनीहरुको विद्युत बिक्री आम्दानी ४१.०७ प्रतिशतले बढेको हो ।

सूचीकृत जलविद्युत कम्पनीहरुले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणको तथ्याङ्कले यस्तो देखाएको हो । असोज मसान्तसम्म तीन दर्जन बढी कम्पनीहरुले ७ अर्ब ७३ करोड ७१ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेका हुन् । तीन कम्पनीहरुले गत वर्षको पहिलो त्रैमासमा ५ अर्ब ४८ करोड ४५ लाख ६७ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेका थिए ।

७ कम्पनीको विद्युत बिक्री आम्दानीमा उल्लेख्य सुधार

चालु आवको पहिलो त्रैमासमा ७ वटा कम्पनीको विद्युत बिक्री आम्दानीमा उल्लेख्य सुधार गरेका छन् ।

उक्त अवधिमा अपर तामाकोशी सबैभन्दा धेरै विद्युत बिक्री गरेको छ । कम्पनीको चालु आवको तीन महिनामा ३ अर्ब ५६ करोड १७ लाख ८२ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको हो । गत वर्षको सोही अवधिमा १ अर्ब ७२ करोड ७७ लाख ५१ हजार रुपैयाँको विद्युत बिक्री गरेको कम्पनीले यस वर्षको सो अवधिमा १०६.१५ प्रतिशतले वृद्धि गरेको हो ।

उक्त अवधिमा सबैभन्दा धेरै विद्युत बिक्री आम्दानी वृद्धि गर्नेमा अपर सोलु हाइड्रो इलेक्ट्रिक रहेको छ । कम्पनीले गत वर्षको असोज मसान्तसम्मको तुलनामा ५८३.१३ प्रतिशतले विद्युत बिक्री आम्दानी बढाएर २३ करोड ५६ लाख २५ हजार रुपैयाँ पुर्याएको छ ।

यस्तै, उक्त अवधिमा अरुण भ्याली हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ४३०.६८ प्रतिशतले बढेर ९ करोड ८३ लाख ८३ हजार, नेशनल हाइड्रोपावरको ३६८.६८ प्रतिशतले वृद्धि भई ६ करोड ३६ लाख २८ हजार रुपैयाँ, सामलिङ्ग पावरको २१४.७२ प्रतिशतले बढेर ९ करोड ८९ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा रिडी पावरको विद्युत बिक्री आम्दानी १५०.३९ प्रतिशतले वृद्धि भई ९ करोड १ लाख ८० हजार, युनाईटेड मोदीको १२६.१४ प्रतिशतले बढेर ८ करोड ९८ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

एक दर्जन कम्पनीको आम्दानीमा घट्यो

चालु आवको पहिलो त्रैमासमा एक दर्जन हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्री आम्दानीमा कमी देखिएको छ ।

चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घटेको देखिएको छ । उक्त अवधिमा कम्पनीको आम्दामनी ५८.४० प्रतिशतले घटेर १५ करोड ९७ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सो अवधिमा विन्ध्याबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी पनि ३०.०५ प्रतिशतले घटेर १० करोड १२ लाख ७४ हजार र हिमाल दोलखाको २३.६८ प्रतिशतले घटेर १ करोड ८० लाख ४६ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, चालु आवको असोज मसान्तसम्ममा आँखु खोलाको १३.९५ प्रतिशत, अपि पावरको विद्युत बिक्री आम्दानी १०.६८ प्रतिशत, घलेम्दी हाइड्रोको ८.४७, सानिमा माईको ६.४३, पाँचथर पावरको ३.२९ प्रतिशतले गिरावट आएको छ ।

उक्त अवधिमा रु रु जलविद्युत, युनाईटेड इदी मर्दी, राधि विद्युत कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा झिनो गिरावट आएको छ ।

कुनको कम्पनीको कति आम्दानी ?


प्रतिक्रिया दिनुहोस्