अझै आधा दर्जन लघुवित्तको सेयर कारोबार रोक्का, कहिले होला फुकुवा ? « Arthapath.com
१५ मंसिर २०७९, बिहीबार

अझै आधा दर्जन लघुवित्तको सेयर कारोबार रोक्का, कहिले होला फुकुवा ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अझै आधा दर्जन लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का छ । मर्जर तथा एक्विजिशनका कारण अझै ८ वटा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का रहेको हो ।

नेप्सेमा गत असोज २७ गतेदेखि नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का रहेको छ । यी दुवै कम्पनी मर्जरमा जानका लागि गत असोिज २६ गते सम्झौता गरेका थिए । यी दुवै लघुवित्त कम्पनीको मर्जर सहमति अनुसार स्वाप रेसियो अनुपात १००ः८२ कायम भएको छ ।

नेप्सेमा आँधिखोला लघुवित्त र सीवाईसी लघुवित्त वित्तीय संस्थाको पनि हाल सेयर कारोबार रोक्का रहेको छ । यी दुवै कम्पनी एक आपसमा मर्जरमा जानका लागि सम्झौता गरेसंगै सेयर कारोबार रोक्का भएको हो । यी दुवै कम्पनीले एक आपसमा मर्जरमा जानका लागि गत असार २२ गते सम्झौता गरेका थिए । मर्जर सम्झौतासंगै यी दवै कम्पनीको गत असार २३ गतेदेखि सेयर कारोबार रोक्कामा राखिएको छ ।

यस्तै, समाज लघुवित्त र घोडिघोडा लघुवित्तको सेयर कारोबार २०७७ असोजदेखि रोक्कामा छ । यी दुई कम्पनीले आईपीओ नै निष्काशन नगरेका कम्पनीसँग मर्जर गर्ने सम्झौता गरेका छन् । आईपीओ निष्कासन नगरेका कम्पनीहरूसँग मर्जर सम्झौता गरेका समाज र घोडिघोडा लघुवित्तको सेयर कारोबार हालसम्म पनि रोक्का नै छ ।

समाज लघुवित्त स्वस्तिक लघुवित्तसँग मर्जरमा जान २०७७ असोज ५ गते सम्झौता भएको थियो । घोडिघोडा लघुवित्त र युनिक लघुवित्त एक आपसमा मर्जरमा जाने सम्झौता २०७७ कात्तिक २१ गते भएको थियो । यी कम्पनी एक आपसमा मर्जर भएर २०७८ पुस ३० गते एकीकृत कारोबार भइसकेको छ ।

लामो समयदेखि कम्पनीको सेयर कारोबार रोक्का राखेपछि लगानीकर्ता मारमा पर्दै आएका छन् । तर, पछिल्लो समय नेपाल धितोपत्र बोर्डले मर्जर जाने कम्पनीको सेयर कारोबार निश्चित समयावधिसम्म मात्र रोक्का गर्न पाउने नीति लागू गरेको छ । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनमा जाने कम्पनीहरुको सेयर कारोबार सम्वन्धी बोर्डलेलाई जिम्मा दिएको हो ।

सूचीकृत कम्पनीहरुको लागि गाभ्ने÷गाभिने तथा प्राप्ति सम्वन्धी निर्देशिका २०७९, कार्यान्वयनमा आएको छ । अब मर्जर तथा एश्विजिशनका कारण सेयर कारोबार रहेका कम्पनीहरुको सेयर कारोबार फुकवा हुने भएको हो ।

नयाँ निर्देशिका अनुसार मर्जर तथा एक्विजिशन प्रक्रिया पुरा भईसकेपछि एकीकृत कारोबार सुरु भएको बढीमा १५ दिन मात्र सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार अब लामो समयदेखि कारोबार बन्द भएका लघुवित्तको सेयर फुकुवा हुने भएको हो ।


प्रतिक्रिया दिनुहोस्