युनिलिभर नेपालका शेयरधनी मख्ख, कम्पनीले गर्यो बम्पर लाभांश पारित « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

युनिलिभर नेपालका शेयरधनी मख्ख, कम्पनीले गर्यो बम्पर लाभांश पारित



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा एभरेष्ट होटल, नयाँबानेश्वर काठमाडौंमा लाभांश पारित गर्दै सम्पन्न भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीबाट शेयरधनीहरुलाई प्रतिशेयर १ हजार २१५ रुपैयाँ वितरण गर्ने प्रस्ताव कम्पनीले पारित गरेको हो ।

प्रस्तावित लाभांश शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्