नेरूडे र मिर्मिरे लघुवित्त मर्जरमा जाने, चुक्तापूँजी १ अर्ब बढी « Arthapath.com
१२ पुष २०७९, मंगलवार

नेरूडे र मिर्मिरे लघुवित्त मर्जरमा जाने, चुक्तापूँजी १ अर्ब बढी



काठमाडौं । बैंक तथा बीमा कम्पनी धमाधम मर्जरमा जान थाले पछि लघुवित्तले पनि ब्यवसाय बिस्तारका मर्जरमा अग्रसर हुदैं छन् । यी महिना यता कयौं लघुवित्तहरुले एक आपसमा मर्जमा जाने समझदारी गरि सकेका छन् ।

पुष ११ गते पनि नेरूडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धिी समझदारी पत्रमा हस्ताक्षर भएको छ । विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच अपरान्ह ४ बजे मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

मोरङ्ग जिल्लाको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोक जिल्ला बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था एक हुन लागेका हुन् ।

बजारमा चर्चित लघुवित्तका रुपमा परिचित दुबैं लघुवित्त मर्जरमा गएसँगै अन्य लघुवित्तलाई समेत मर्जरमा जाने प्रोत्साहन मिलेको छ । हाल नेरूडे लघुवित्तको चुक्तापूँजी ६० करोड र मिर्मिरे लघुवित्तको चुक्तापूँजी ५३ करोड रुपैयाँ रहेको छ । चुक्तापूँजीका आधारमा नेरुडे लघुवित्त अगाडि रहेको छ । मिर्मिरे लघुवित्तले यस अघि बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडलाइ प्राप्ति गरी गत भदौ १५ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।

नेरुडेले गत वर्ष २०७८/७९ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद मिर्मिरेले २३ प्रतिशत बोनस शेयर मात्र वितरण गर्ने प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस्