निर्धन उत्थान लघुवित्तले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्प्नीको पुस १९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशतले लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि कुल ४३ करोड ९० लाख ५ हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको हो ।
प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ,।