किन घट्यो मिर्मिरे लघुवित्तको नाफा ? यस्तो छ वित्तीय अवस्था (विवरणसहित) « Arthapath.com
२१ माघ २०७९, शनिबार

किन घट्यो मिर्मिरे लघुवित्तको नाफा ? यस्तो छ वित्तीय अवस्था (विवरणसहित)



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । कम्पनीको खुद ब्याज आम्दानी, संचालन नाफा घटेकाले नाफामा असर गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा कम्पनीको नाफा ५८.८२ प्रतिशतले घटेर ५ करोड ६८ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । तर, गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले १३ करोड ८१ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २२.७४ प्रतिशतले घटेर २४ करोड ७ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको यस्तो आम्दानी ३१ करोड १६ लाख ४७ हजार रुपैयाँ कायम भएको थियो ।

चालु आवको ६ महिनामा कम्पनीको संचालन नाफा ८ करोड १२ लाख ६० हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिका तुलनामा भने ५८.८२ प्रतिशतले कमी हो । सो अवधिमा कम्पनीको वितरण योग्य नाफा ४२ लाख रुपैयाँ देखिएको छ ।
कम्पनीको चुक्ता पुँजी ६५ करोड ३३ लाख ८२ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने ३२ करोड ४२ लाख ७३ हजार रुपैयाँ राखेको छ ।

सो अवधिमा कम्पनीले २ अर्ब ८३ करोड ८४ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरको छ । कर्जा लगानी भने ८ अर्ब ७६ करोड ७ लाख रुपैयाँ देखिएको छ । सो अवधिमा कम्पनीको खराब कर्जा भने १.५५ प्रतिशतले वृद्धि भई ३.८४ प्रतिशत पुगेको हो ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ३८ रुपैयाँ ५० पैसाले घटेर १७ रुपैयाँ ४१ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थमा पनि ४७ रुपैयाँ ५० पैसको कमी देखिएको छ । योसंगै चालु आवको पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५७ पैसा कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्