जगेडा कोष र प्रतिसेयर आम्दानीमा कुन लघुवित्त कति बलियो ? (विवरणसहित) « Arthapath.com
५ फाल्गुन २०७९, शुक्रबार

जगेडा कोष र प्रतिसेयर आम्दानीमा कुन लघुवित्त कति बलियो ? (विवरणसहित)



काठमाडौं । लघुवित्त कम्पनीको जगेडा कोषमा २४ अर्ब नाघेको छ । ५८ वटा लघुवित्त कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासि वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीहरुको जगेडा कोषमा २४ अर्ब ९८ लाख रुपैयाँ कायम भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा भने २.२८ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीहरुको यस्तो कोषमा २३ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ रहेको थियो । सो अवधिमा अधिकांश लघुवित्तको जगेडा कोष घटेको देखिएको छ।

छिमेक र स्वाबलम्बन लघुवित्तको सबैभन्दा धेरै, खप्तडको कम

चालु आवको ६ महिनामा सबैभन्दा धेरै जगेडा कोष छिमेक लघुवित्तको देखिएको छ। सो अवधिमा कम्पनीको जगेडा कोषमा २ अर्ब २८ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष गत वर्षको सोही अवधिका तुलनामा भने ७८.४८ प्रतिशतले बढी हो ।

दोस्रो स्थानमा रहेको स्वाबलम्वन लघुवित्तको जगेडा कोष पनि १६ प्रतिशतले वृद्धि भई २ अर्ब ८ करोड १३ लाख रुपैयाँ पुगेको छ । यता, खप्तड लघुवित्तको भने सबैभन्दा कम देखिएको छ । कम्पनीको जगेडा कोषमा १८ लाख ९१ हजार रुपैयाँ मात्र देखिएको छ ।

पाँच वटा कम्पनीको जगेडा कोष १ अर्ब माथि

चालु आवको पुस मसान्तसम्ममा पाँच वटा लघुवित्तको जगेडा कोष १ अर्ब माथि देखिएको छ । सो अवधिमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको जगेडा कोषमा १ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

यस्तै, साना किसानको जगेडा कोषमा १ अर्ब ४३ करोड ४० लाख, सुर्योदय वोमी लघुवित्तको १ अर्ब २८ करोड ७८ लाख रुपैयाँ रहेको छ।

त्यसैगरि, ग्रामिण विकास लघुवित्तको जगेडा कोषमा भने १ अर्ब २७ करोड ७८ लाख र आरएमडीसी लघुवित्तको १ अर्ब २० करोड ७८ लाख रुपैयाँ रहेको छ ।

यी हुन् ५० करोडभन्दा माथि जगेडा कोष हुने लघुवित्तहरु

चालु आवको ६ महिनामा फरवाड माइक्रोफाइनान्सको जगेडा कोषमा ९८ करोड ८० लाख र डिप्रोक्स लघुवित्तको ९८ करोड ४२ लाख रुपैयाँ देखिएको छ ।

सो अवधिमा जीवन विकास लघुवित्तको जगेडा कोष ८५ करोड २८ लाख, ग्लोबल आइएमई लघुवित्तको ६७ करोड ५८ लाख, नेष्डो समृद्धिको ६४ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

यस्तै, एनआईसी एशिया लघुवित्तको लुघवित्तको जगेडा कोषमा ५६ करोड ११ लाख, नेरुडे लघुवित्त ५१ करोड ५३ लाख रुपैयाँ रहेको छ।

अन्य कुनको कति ?


नेष्डोको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै, पाँच कम्पनीको ऋणात्मक

नेष्डो समृद्ध लघुवित्तको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । चालु आवको पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८६ रुपैयाँ ४५ पैसा रहेको छ ।

दोस्रो स्थानमा रहेको साना किसान लघुवित्तको ५५ रुपैयाँ ६१ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने १४ रुपैयाँ ७ पैसाले वृद्धि भएको हो ।

धेरै प्रतिसेयर आम्दानी हुनेको तेस्रो स्थानमा भने नेशनल माइक्रोफाइनान्स रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ५७ पैसा कायम भएको छ । सो अवधिमा पाँच वटा लघुवित्तको प्रतिसेयर आम्दानी ऋणात्मक देखिएका छन् । चालु आवको पुस मसान्तसम्मा उपकार लघुवित्तको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ७ पैसा ऋणात्मक देखिएको छ ।

यस्तै, विन नेपाल लघुवित्तको २७ रुपैयाँ ७ पैसा र ग्रामिण विकास लघुवित्तको २५ रुपैयाँ ६४ पैसा ऋणात्मक छ । त्यसैगरि सामुदायिक लघुवित्तको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा र मानुषी लघुवित्तको ४ रुपैयाँ ८ पैसा ऋणात्मक देखिएको छ।

अन्य कुनको कति ?


प्रतिक्रिया दिनुहोस्