‘पुर्वाधार विकास क्षेत्रहरुलाई प्राथमिकता दिई लगानी, थप प्रतिफललाई निरन्तरता’: निर्देशक नेपाल « Arthapath.com
४ चैत्र २०७९, शनिबार

‘पुर्वाधार विकास क्षेत्रहरुलाई प्राथमिकता दिई लगानी, थप प्रतिफललाई निरन्तरता’: निर्देशक नेपाल



काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले पुर्वाधार विकास क्षेत्रहरुलाई प्राथमिकता दिई लगानी बढाइने बताए ।नागरिक लगानी कोषको ३३ औं वार्षिकोत्सवमा अवसरमा निर्देशक नेपालले यस्तो बताएका हुन ।

कोषले लगानी गर्दा सुरक्षित र प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता उनले बताए । उनले भने-‘चालु आर्थिक बर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ रहेकोमा यो अवधिमा कोषले २ खर्ब ५ अर्व ६९ करोड लगानी गरेको छ। आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिइ लगानी बढाइने प्रतिवद्धता व्यक्त गर्दछु ।’ उनले आगामी दिनमा थप प्रतिफललाई निरन्तरता दिईने निर्देशक नेपालले बताए ।

उनले भने-‘ कोषले आव २०७६/७७ को वित्तीय विवरण स्वीकृत गर्दा सहभागीहरुलाई निजहरुको बचत रकममा नियमित प्रतिफलको अतिरिक्त १ प्रतिशत थप प्रतिफल प्रदान गरेकोमा आ.व २०७७/७८ मा थप प्रतिफल वृद्धि गरी १ दशमलव ५० प्रतिशत प्रदान गरेको थियो । अब आगामी वर्षहरुमा यस्तो थप प्रतिफललाई निरन्तरता दिइनेछ ।’कोषमा सहभागी हुने सम्भावना भएका संघ संस्थाहरुलाई आवद्ध गर्न र ती संस्थाहरुको दीर्घकालिन दायित्वहरुलाई व्यवस्थापन गर्न गराउन सेवाग्राहीको नजिक पुग्ने उद्धेश्यले काठमाडौं उपत्यका बाहिर बिराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय संचालन गरिसकिएको छ । ‘आगामी वर्ष थप एउटा शाखा कार्यालय विस्तार गर्ने कार्यक्रम रहेको छ भने हाल संचालनमा भइरहेका र अब खुल्ने शाखा कार्यालयहरुलाई प्रदेश कार्यालयको रुपमा स्तर वृद्धि गरी संचालन गरिने छ । आगामी दिनमा आवश्यकताका आधारमा शाखा कार्यालयहरु विस्तार गरिने छ’- उनले भने ।

नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित नागरिक लगानी कोपले २०४८ माघ १ देखि कारोबार सुरु गरी अहिलेको अवस्थामा आईपुग्दा आफ्ना १२ वटा कार्यक्रमहरुमा करीव ८ लाख भन्दा बढी सहभागीहरुलाई आवद्ध गराई आफ्नो सेवा देशभर पुयाउन सफल भएको छ ।कोषको चुक्ता पुँजी ४ अब २५ करोड १० लाख रुपैयाँ पुगेको छ । ‘कोषको भौतिक पूर्वाधार निर्माण, मानव संसाधनको विकास, नियम कानून सुधार र संसोधन भई कारोवारहरु- व्यवस्थित तथा सहज भएका छन ।

अतः कोषले आफ्‌नो संगठनात्मक संरचनालाई अझ व्यवसायिक बनाउन निरन्तर प्रयास गरिरहेको छ’- निर्देशक नेपालले बताए ।कोषले स्वरोजगारमा रहेका व्यक्तिहरु तथा वैदेशिक रोजगारीमा रहेका विप्रेशण आप्रवाह गर्ने समुदायलाई सहभागी गराउने उद्देश्यले नागरिक पेन्सन कार्यक्रम संचालनमा ल्याएको छ ।कोषमा रहेका विभिन्न कार्यविधिलाई स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ । कोषले आवाश कर्जा वापत सहभागीलाई निजको १५ वर्षको सुरु तलबमानको रकम वा ८० लाख रुपैया मध्ये जुन कम हुन्छ सो बराबरको रकम प्रदान गर्दै आईरहेको छ । कोषमा श्रीमान र श्रीमती दुवै सहभागी भएमा आवास कर्जा रु.१ करोड रुपैयाँ सम्म सुविधा प्रवधान गर्ने व्यवस्था छ । सरल कर्जा, सहभागी सापटी तथा अन्य कोपले प्रभाह गर्ने सेवा सुविधाहरु विस्तार गरी निरन्तर रूपमा सेवा तथा सुविधा अभिवृद्धि गर्ने योजनाहरु समेत रहेको कोषले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्