मेरो पालामा थप बीमा कम्पनीकाे लाइसेन्स दिन्न: अध्यक्ष शिलवाल « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

मेरो पालामा थप बीमा कम्पनीकाे लाइसेन्स दिन्न: अध्यक्ष शिलवाल



काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अब थप बिमा कम्पनीले लाइसेन्स नपाउने बताए ।

युनाईटेड र अजोड इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको युनाईटेड अजोडको नामबाट एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले आफ्नो कार्यकालमा बीमा क्षेत्रमा नयाँ लाइसेन्स नदिने बताए । उनले भने, “अब बीमा क्षेत्रमा मेरो पालामा नयाँ लाइसेन्स दिन्न । अव आउने नेतृत्वले पनि बजार अध्यायन गरेर मात्र लाइसेन्स दिनुपर्छ ।”

अध्यक्ष शिलवालले लघु बीमाकाे आवश्यकता महशुस गरेर लाइसेन्स दिइएकाे बताए । अझै दुर दराजमा स-साना चिजकाे बीमा हुन नसकेकाले लघुबीमाकाे लाइसेन्स वितरण गरिएकाे शिलवालले बताए ।

अब बीमा क्षेत्रमा डिजिटल पोलिसिमा जानु पर्ने अध्यक्ष शिलवाल भने भनाइ रहेको थियो । डिजिटल पोलिसिमा जान नसके पोलिसि काट्न जाने आउनाले कम्पनीको खर्च उनको तर्क थियो ।


प्रतिक्रिया दिनुहोस्