तीन प्रकारको वस्तुमा विलासी कर लाग्ने, अब कति प्रतिशत तिर्नुपर्ने ? « Arthapath.com
१५ जेष्ठ २०८०, सोमबार

तीन प्रकारको वस्तुमा विलासी कर लाग्ने, अब कति प्रतिशत तिर्नुपर्ने ?



काठमाडौं । सरकारले विलासी कर लिने भएको छ । आगाी आर्थिक वर्ष २०८०/८१ देखि सरकारले तीन प्रकारका वस्तुमा विलासी कर लिने भएको हो ।

पाँच तारे र सो भन्दा माथिका तारे होटेल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातिथ मदिरमा विलासी कर लिने भएको छ । यस्तै, १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडितसुन वा बहुमूल्य धातुका गरहनामा विलासी कर लगाउने भएको छ ।

यस्ता विलासिताका वस्तु तथा सेवा खरिद रकममा दुई प्रतिशत विलासिता शुल्क लाग्नेछ । विलासिता शुल्क बापत सङ्कलन गरेको रकम अर्को महिनाको पच्चिस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी आन्तरिक राजस्व कार्यालयमा पठाउनु पर्ने व्यवस्था गरिएको छ ।

कुनै व्यक्तिले समयमै विलासिता शुल्क बापतको रकम दाखिल नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज लगाई असुल गरिने, विलाशी कर सम्बन्धी विवरण पेस नगरेमा विवरण दाखिला नभएको मितिसम्मको वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुने रकम शुल्क लाग्ने आर्थिक ऐनमा उल्लेख छ ।

यस्तै, व्यक्तिले विलासीता शुल्क बापतको रकम असुल नगरेमा सो रकमको पच्चिस प्रतिशत शुल्क लाग्ने र विलासिता शुल्कको प्रशासन आन्तरिक राजश्व विभागले निर्धारण गरे बमोजिम हुने आर्थिक ऐनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्