२८ प्रतिशतले घट्यो विद्युत प्राधिकरणको नाफा, आम्दानी पनि खुम्चियो « Arthapath.com
२१ जेष्ठ २०८०, आईतवार

२८ प्रतिशतले घट्यो विद्युत प्राधिकरणको नाफा, आम्दानी पनि खुम्चियो



काठमाडौ । चालु आर्थिक बर्ष २०७९/८० को तेस्रो त्रैमासमा नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ । गत आवको सोही अवधीको तुलनामा प्राधिकरणको नाफा २८ प्रतिशतले घटेको हो ।

प्राधिकरणबाट प्राप्त एक प्रतिवेदनअनुसार.चैतसम्म ८ अर्ब ७७ करोड ५६ लाख २७ हजार रुपैयाँमा नाफा भएको छ । यो नाफा गत आवको तुलनामा पनि २८ प्रतिशतले कम हो । गत आवको चैत मसान्तसम्म प्राधिकरणले १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको थियो ।

प्राधिकरणले समिक्षा अवधीमा ८४ अर्ब ६० करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत आवको सोही अवधीको तुलनामा १२ प्रतिशत कम हो । प्राधिकरणले गत आवको समिक्षा अवधीमा ९५ अर्ब ९५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । प्राधिकरणले यस अवधीमा विद्युत बिक्री गरेर ६२ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत निर्यात गरेर ८ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै, यस अवधीमा प्राधिकरणको कुल खर्च ७५ अर्ब ८३ करोड ८ लाख ९१ हजार रहेको छ । गत आवको तुलनामा खर्च रकम पनि कम हो । गत आवको समिक्षा अवधीमा प्राधिकरणको कुल खर्च ८३ अर्ब ८३ करोड रुपैयाँ थियो । तर, अहिले प्राधिकरणको खर्च पनि कम भएको छ ।

प्राधिकरणले समिक्षा अवधीमा निजी ३० अर्ब ४४ करोड रुपैयाँको विद्युत खरिद गरेको छ । भारतबाट १२ अर्ब २८ करोड ७७ लाख रुपैयाँको विद्युत आयात गरिएको छ ।

यसैगरि विभिन्न आयोजनाहरुमा २८ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ ऋण तथा सेयर लगानी गरिएको छ । यी यस्ता शिर्षकमा प्राधिकरणको रकम खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्