किन घटीरहेको छ अधिकांश हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ? « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

किन घटीरहेको छ अधिकांश हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ?



काठमाडौं । संचालनमा रहेका जलविद्युत कम्पनीहरुले बिजुली बेचर साढे ६ अर्ब बढी आम्दानी गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आईपुग्दा ६ अर्ब ७० करोड ९९ लाख रुपैयाँ बढी विद्युत बिक्री आम्दानी गरेका हुन् ।

संचालनमामा रहेका मध्ये ५८ वटा कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको समिक्षा अवधिको तुलनामा भने २३.२९ प्रतिशतले बढी हो । सो अवधिमा अधिकांश कम्पनीहरुको आम्दानी घटेको छ । केही आयोजनाहरुले गत वर्षको दोस्रो त्रैमासमा विद्युत उत्पादन र विक्री सुरु गरेकाले पनि गत आवको तुलनामा यस वर्ष आम्दानी बढी देखिएको हो । यद्यपि, धेरै कम्पनीहरुको विद्युत बिक्री आम्दानी घटेको नै छ ।

साथै, चालु आवको हिउँदमा आयोजनाहरुको विद्युत उत्पादन पनि घटेको छ । नेपालमा नदी प्रवाहमा आधारीत (आरओआर) आयोजना छन् । त्यो अवस्थामा नदीमा हुने पानीअनुसार विद्युत उत्पादन हुन्छ । बर्खामा खोलामा पानी बढी हुदाँ पुर्ण क्षमतामै विद्युत उत्पादन हुन्छ भने हिउँदमा खोलामा पानी कम हुदाँ विद्युत उत्पादन पनि कम हुन्छ । तर, यसपाली हिउँदमा पानी नपर्ने, हिउँ नपर्ने लगायतका कारण खोलामा पानीको बहाव झन् घट्यो । त्यसले गर्दा आयोजनाहरुको विद्युत उत्पादन पनि ठुलो मात्रामा घटेको छ । यसरी विद्युत उत्पादन घटेर आम्दानी पनि घटेको छ । जसले कम्पनीहरुको नाफा पनि प्रभावित भएको छ । अधिकांश कम्पनीहरुको पनि घटेको छ । धेरै कम्पनीहरुले नोक्सानीमा पनि देखिएका छन् ।

अपर तामाकोशीले गर्यो सर्वाधिक आम्दानी, बेच्यो ६ अर्ब १७ करोडको बिजुली

अपर तामाकोशी सबैभन्दा धेरै विद्युत बिक्री गरेको छ । सरकारी स्वामित्वमा रहेको तामाकोशीले ६ अर्ब १७ करोड ६० लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा भने १९.६१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँ बराबरको बिद्युत बिक्री गरेको थियो ।

अरुण भ्याली, युनिभर्सल र अपर सोलुको उच्च दरमा बढ्यो बिक्री आम्दानी

समिक्षा अवधिमा तीन वटा कम्पनीको विद्युत बिक्री आम्दानी उच्च दरमा वृद्धि भएको छ । चालु आवको तेस्रो त्रैमासमा सबैभन्दा धेरै अरुण भ्याली पावरले आम्दानी बढाएको छ । सो अवधिमा अरुण भ्यालीले विद्युत बिक्री आम्दानी २२२.७० प्रतिशतले वृद्धि गरि २२ करोड ३५ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, युनिभर्सल पावरले पनि १४६ प्रतिशतले विद्युत बिक्री आम्दानी बढाएको छ । योसंगै कम्पनीको यस्तो आम्दानी २५ करोड ८१ लाख रुपैयाँ कायम भएको छ । यता, अपर सोलु हाइड्रो इलेक्ट्रिकको विद्युत बिक्री आम्दानी पनि ९१.४९ प्रतिशतले बढेर ५३ करोड ३९ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

२८ वटा कम्पनीको घट्यो विद्युत बिक्री आम्दानी

समिक्षा अवधिमा २८ वटा जलविद्युत कम्पनीहरुको बिक्री आम्दानी घटेको छ । सो अवधिमा सबैभन्दा धेरै आम्दानी (प्रतिशतका आधारमा) एशियन हाइड्रोपावरको घटेको छ । कम्पनीको यस्तो आम्दानी गत वर्षको तुलनाम ७७.२५ प्रतिशतले घटेको हो ।

यस्तै, युनाईटेड इदी मर्दी एण्ड आरवि हाइड्रोपावरको ५३.५६ प्रतिशत, विन्ध्यावासिनीको ३३.६३ प्रतिशत, घलेम्दी हाइड्रोको २७.६६ प्रतिशत, मन्दाकिनीको १९.७५, नेशनल हाइड्रोपावरको १९.४१ प्रतिशतले आम्दानी घटेको छ ।


प्रतिक्रिया दिनुहोस्