यसरी भए १५ जलविद्युत् आयोजना पीपीएको रेसबाट वञ्चित, यी हुन् अवसर पाएका आयोजनाहरु

काठमाडौँ । आवेदन तथा पूर्ण कागजपत्र नदिएपछि नदी प्रवाह (आरओआर) मा आधारित १५ जलविद्युत् आयोजना विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) बाट वञ्चित भएका छन् । २१५.२२ मेगावाटका विभिन्न १५ आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले पीपीए गर्ने सुचीबाट हटाएको हो ।
प्राधिकरणले गत फागुनमा पीपीएका लागि आरओआरतर्फ १५ सय मेगावाट कोटा थप गरेको थियो, त्यसमा ग्रिड सम्झौता गरेका आयोजनाको रोलक्रमका आधारमा अघि परेका आयोजनालाई पीपीए गर्न आह्वान गरेको थियो । तर, त्यसमा पटक पटक ताकेता गर्दा पनि १५ आयोजनाले आवेदन तथा पूर्ण कागजपत्र नबुझाएका हुन् । त्यसपछि प्राधिकरणले उनीहरूलाई पीपीए गर्ने प्रक्रियाबाट हटाएको हो ।
उनीहरू मध्ये कतिपयले पीपीएका लागि तोकिएको अवधि भित्र निवेदन नदिएको र कतिपयले रितपूर्वक आवश्यक कागजात नदिएका हुन् । त्यसपछि उनीहरूलाई प्रक्रियाबाट हटाएर सोही ठाउँमा अन्य ६ आयोजनालाई पीपीएका लागि आवेदन दिन माग गरेको छ ।
यी हुन् पिपिएको रोलक्रमबाट हटाइएका आयोजनाहरु

२२९ मेगावाट जडित क्षमता भएका ६ आयोजनालाई ग्रिड सम्झौताको रोलक्रमकै आधारमा अवसर दिइएको हो । प्राधिकरणले पुस १९ गते एक सूचना जारी गर्दै उनीहरूलाई पीपीएको प्रक्रियामा आउन भनेको हो ।
त्यसमा ४१ मेगावाटको संखुवा खोला, २९.९ मेगावाटको होङ्गु खोला, २२.२४ मेगावाटको अप्सुवा खोला–१, ३५.१५ मेगावाटको माथिल्लो अप्सुवा खोला, २४ मेगावाटको सुपरसेती र ७७.५० मेगावाटको घुन्सा खोला जलविद्युत् आयोजना रहेका छन् । बिहीबार प्राधिकरणले एक सूचना जारी गर्दै उनीहरूले पीपीएको प्रक्रियामा आउन आह्वान गरेको हो, उनीहरूले १५ दिन भित्र आवेदन दिनुपर्नेछ । यसमा ७७.५० मेगावाटको घुन्सा खोलाले बाँकी कोटामा मात्रै पीपीए गर्न पाउने छ ।
यी हुन् अवसर पाएका ६ वटा आयोजनाहरु
