८६ जलविद्युत कम्पनीमध्ये अपर तामाकोशीले एक्लैले बेच्यो ५ अर्बको बिजुली, कुन हाइड्रोपावरको कति ? « Arthapath.com
१८ फाल्गुन २०८०, शुक्रबार

८६ जलविद्युत कम्पनीमध्ये अपर तामाकोशीले एक्लैले बेच्यो ५ अर्बको बिजुली, कुन हाइड्रोपावरको कति ?



काठमाडौं । हाल सञ्चालनमा रहेकामध्ये ८६ वटा जलविद्युत कम्पनीहरूले ६ महिनामा १९ अर्ब बढीको विद्युत् बिक्री गरेका गरेका छन् ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ती जलविद्युत कम्पनीहरूले विद्युत् बिक्रीबाट सो बराबरको आम्दानी गरेका हुन् । समीक्षा अवधिमा कम्पनीहरूले १९ अर्ब २ करोड ४४ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेका छन् ।

गत वर्षको दोस्रो त्रैमासको तुलनामा अधिकांशको विद्युत् आम्दानी घटेको छ । आम्दानी घटेपछि नै धेरै कम्पनीहरूको खुद नाफा पनि प्रभावित बनेको छ । समीक्षा अवधिमा अधिकांश कम्पनीहरू नोक्सानीमा छन् । सो अवधिमा ८६ वटा मध्ये ४९ वटा कम्पनी मात्रै नाफामा छन् भने ३७ वटा कम्पनीले नोक्सानी व्यहोरेका छन् । अझै पनि आधा दर्जन बढी कम्पनीहरूले विद्युत् बिक्रीबाट हुने आम्दानी वित्तीय विवरणमा उल्लेख गरेका छैनन् । 

यो पनि,

विद्युत् बिक्रीबाट भने सबैभन्दा धेरै आम्दानी अपर तामाकोशीले गरेको छ । कम्पनीले ६ महिनामै ५ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने ७.४४ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको विद्युत् व्यापार वृद्धि भएसँगै नोक्सानी पनि घटाउँदै ल्याएको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनी ८२ करोड ४६ लाख रुपैयाँ घाटामा थियो । तर, यो वर्षको सोही अवधिमा भने यस्तो नोक्सानी घटाएर २५ करोड ७६ लाख रुपैयाँमा झारेको छ । कम्पनीले आफ्नो वित्तीय अवस्था सकारात्मक रूपमा सुधार गर्दै आएको छ । 

समीक्षा अवधिमा धेरै विद्युत् बिक्रीमा आम्दानी गर्नेको दोस्रो सूचीमा भने साहस ऊर्जा रहेको छ । कम्पनीले ६ महिनामा १ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री आम्दानी गरेको छ । 

यस्तै, मीड सोलु हाइड्रोपावर, अपर स्याङ्गे, अपर मादी, स्वेतगंगा, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत लगायतका कम्पनीहरूको विद्युत् बिक्री आम्दानीमा उल्लेख्य सुधार गरेका छन् । यी कम्पनीहरूको यस्तो आम्दानी गत वर्षको तुलनामा दोब्बर भन्दा धेरै बढेको छ । 

कुन जलविदुत कम्पनीले कतिको बेचे विजुली ?


प्रतिक्रिया दिनुहोस्