सेयर बजारमा तेस्रो सर्किट ब्रेक, आजका लागि कारोबार नै बन्द

काठमाडौं । सेयर कारोबार आजका लागि बन्द भएको छ । लगातार तेस्रो सर्किट ब्रेक लागेपछि कारोबार आजका लागि बन्द भएको हो । दोस्रो सर्किट ब्रेक लागेर खुलेको १ मिनेटमै नेप्से परिसूचक ६ प्रतिशतले बढेको थियो ।
साताको दोस्रो कारोबार दिन बजार खुला भएको पहिलो ३ मिनेटमै परिसूचक ४ प्रतिशत वृद्धि भएको थियो । पहिलो सर्किट लागेर खुलेको केही बेरमै परिसूचक प्रतिशत वृद्धि भएको थियो । ११ बजेर २४ मिनेटमा दोस्रो सर्किट लागेको थियो । त्यसपछि खुलेको बजार ६ प्रतिशतले वृद्धि भएको हो । लगातार तेस्रो सर्किट लागेपछि आजका लागि कारोबार नै स्थगित भएको छ ।
पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार, दोस्रो घण्टा भित्रमा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुन्छ । तेस्रो घण्टा भित्र वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुने गर्दछ । सोमबार नेप्से परिसूचक ११७.७० अंकले वृद्धि भएको छ । सो अवधिमा ३७ करोड ५२ लाख ९ हजार रुपैयाँ बराबरको मात्रै ९ लाख ३४ हजार ९१९ कित्ता सेयर किनबेच भएको थियो ।
नयाँ सत्ता फेरबदल हुने भएपछि नै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो । नेकपा एमालेसहित नयाँ सरकार गठन हुने भएपछि बजारमा उछाल आएको छ । नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्किएपछि नयाँ मन्त्रिमण्डल गठन हुन लागेको हो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ सरकार बनाउन लागिएको छ ।