३३% बढ्यो म्युचुअल फन्डको नाफा: एनआइसी एशिया ग्रोथ र हिमालयन ‘८०–२०’ले कमाए धेरै, कुनको कति ?

काठमाडौं । म्युचुअल फन्डहरुको नाफा ३३ प्रतिशत बढेको छ । हाल संचालनमा रहेको ४४ वटा फन्डहरुले प्रकाशन गरेको फागुन महिनामा तथ्याङ्कले यस्तो देखाएको हो ।
गत माघमा फन्डहरुले ४४ करोड ८३ लाख १८ हजार रुपैयाँ नाफा कमाएका थिए । तर, फागुनमा भने ३३.३७ प्रतिशत बढेर ६६ करोड ४६ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
सो महिनामा अधिकांश फन्डहरुको नाफामा सुधार आएको छ । तर, केही भने नोक्सानीमै देखिएका छन् । फागुनमा सबैभन्दा धेरै नाफा एनआइसी एशिया ग्रोथ फन्डले कमाएको छ । फन्डले फागुनमा ८ करोड १३ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ। तर, यो नाफा गत माघको तुलनामा ३.०३ प्रतिशत बढी हो ।
धेरै नाफा कमाउनेको दोस्रो सूचीमा भने हिमालयन ८०–२० छ । सो फन्डको नाफा माघको तुलनामा २.४१ प्रतिशत बढेर ७ करोड १७ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।
यस्तै, समिक्षा अवधिमा प्रभु सेलेक्ट फन्डले ६ करोड ७९ लाख ७१ हजार, आरविवि म्युचुअल फन्ड–२ ले ५ करोड ८७ लाख १० हजार, एनआइसी एशिया फलेक्सि क्यापले ५ करोड ५३ करोड ६१ लाख, आरविवि म्युचुअल फन्ड–१ ले ५ करोड ५० लाख ३६ हजार र कुमारी धनवृद्धि योजनाले ५ करोड ३९ लाख ७ हजार रुपैयाँ नाफा कमाएका छन् ।
यता, सनराइज फर्स्ट म्युचुअल फन्डले ४ करोड ९१ लाख, एनआइसी एशिया डाइनामिकले ४ करोड ७४ लाख, ग्लोबल आइएमई ब्यालेन्सड् फन्ड–१ ले ४ करोड ६५ लाख, सानिमा ग्रोथ फन्डले ४ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका छन् ।
१२ वटा फन्डहरु नोक्सानीमा
अझै पनि एक दर्जन फन्डहरु नोक्सानीमा देखिएका छन् । १२ वटा फन्डहरुले नोक्सानी व्यहोरेका छन् । सबैभन्दा धेरै नोक्सानी लक्ष्मी इक्विटी फन्डले व्यहोरेको छ । फन्ड १४ करोड २२ लाख रुपैयाँ नोक्सानी छ । यता, सनराइज ब्लूचिप फन्ड पनि १४ करोड २ लाख ३४ हजार रुपैयाँ घाटामा छ ।
यस्तै, लक्ष्मी उन्नती कोष ४ करोड ३९ लाख सिद्धार्थ इक्विटी फन्ड २ करोड ७६ लाख, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–दोस्रो १ करोड ६० लाख, एनएमबि सरल बचत फन्ड–इ १ करोड ५७ लाख रुपैयाँ घाटामा छन् ।
त्यसैगरि सिटिजन म्युचुअल फन्ड–२ ६४ लाख ६१ हजार, एनआइसी एशिया ग्रोथ फन्ड–२ ५४ लाख ५० हजार, सानिमा इक्विटी फन्ड ५४ लाख ५० हजार, सानिमा इक्विटी फन्ड ५१ लाख ६९ हजार सिटिजन म्युचुअल फन्ड–१ ३२ लाख, मेगा म्युचुअल फन्ड–१ २६ लाख ६८ हजार र कुमारी सबल योजना ३ लाख घाटामा देखिएका छन् ।
