सौर्य एयरलाइन्स विमानमा दुर्घटनाः जहाजको बीमा रकम ३० करोड, मृतकका परिवारले कति पाउँछन् ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

सौर्य एयरलाइन्स विमानमा दुर्घटनाः जहाजको बीमा रकम ३० करोड, मृतकका परिवारले कति पाउँछन् ?



काठमाडौं । बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको थिए । जहाजमा सवारमध्ये १८ जनाको मृत्यु भएको छ । भने पाइलट मनिष शाक्यको जीवित उद्दार गरिएको छ ।

मर्मतका लागि पोखरा जान लागेको जहाज बिहान ११ बजे दुर्घटना भएको हो । उक्त जहाजको बीमा प्रभु इन्स्योरेन्समा रहेको पाइएको छ । सौर्यले ३० करोडमा खरिद गरेको थियो । क्यानाडेली कम्पनी बम्बाडियरको सीआरजे २०० जहाज प्रभु इन्स्योरेन्समा बिमा गरेको थियो ।

दुर्घटनापछि प्रभु इन्स्योरेन्सले क्षतिपुर्ति बापत ३० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । उक्त विमानको पुनर्बीमा भने बेलायती पुनर्बीमा कम्पनीमा छ । विमानको पुनर्बीमा विदेशी कम्पीमा रहेकाले सबै भुक्तानी भने प्रभुले गर्नु नपर्ने भएको छ । ३० करोड हाराहारीको दावी भुक्तानी गर्नुपर्नेमा ०.३ प्रतिशत मात्रै प्रभुको दायित्वमा पर्नेछ । यो रकममा भने ९ लाख हुन आउँछ । त्यस बाहेकका बाँकी ९९.७ प्रतिशत दायित्व भने विदेशी पुनर्बीमा कम्पनीले व्यहोर्नेछ ।

दुर्घटनामा परि मृत्यु भएका परिवारले प्रतियात्रु २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको छ । यो बुधावरको डलरको भाउ अनुसार २६ लाख ८४ हजार २०० रुपैयाँ हुन आउँछ ।


प्रतिक्रिया दिनुहोस्