म्युचुअल फन्डहरुको चमत्कारिक प्रगतिः सेयर बजारमा लगानीको ओइरो, नाफा र न्याभ कुनको कति ? « Arthapath.com
२६ भाद्र २०८१, बुधबार

म्युचुअल फन्डहरुको चमत्कारिक प्रगतिः सेयर बजारमा लगानीको ओइरो, नाफा र न्याभ कुनको कति ?



काठमाडौं । सेयर बजारमा आएको सुधारले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरुको वित्तीय अवस्थामा पनि व्यापार बदलाव देखिएको छ।

फन्डहरुको नाफा, प्रतिइकाई खुद सम्पत्ति (न्याभ) र लगानीमामा व्यापार सुधार देखिएको हो । हाल संचालनमा रहेका ४३ वटा म्युचुअल फन्डहरुले प्रकाशन गरेको गत साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । साउनमा फन्डहरुले कुल ९ अर्ब ५६ करोड ४३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जुन असार महिनाको तुलनामा २३७ प्रतिशत बढी हो । साउनमा फन्डहरुको औसत न्याभ पनि २ रुपैयाँ ११ पैसा बढेर १२ रुपैयाँ ९१ पैसा कायम भएको छ । यता, सेयर बजारमा लगानी पनि २९.३० प्रतिशत अर्थात् ९ अर्ब ८१ कारेड रुपैयाँ थपेका छन् ।

विशेष सेयर बजारमा देखिएको बढोत्तरीले फन्डहरुले चमत्कारिक वित्तीय प्रगति हासिल गरेका हुन् । केही महिना अघिसम्म सेयर बजारमा देखिएको उतारचढावले नै कम्पनीहरुको नाफा, न्याभ लगायतका सूचकमा खास सुधार आउन सकिरहेको थिएन । तर, पछिल्लो सेयर बजार वृद्धि भएको छ । बजार आएको बढोत्तरी फन्डहरुको समग्र वित्तीय विवरण सुधारिएको हो ।

सेयर बजारमा कुल लगानी ४३ अर्ब ३० करोड, एकै महिना २९.३० प्रतिशत बढाए

सेयर बजारमा म्युचुल फन्डहरुको कुल लगानी ४३ अर्ब ३० करोड ७८ लाख ६० हजार रुपैयाँ पुगेको छ । एकै महिना बजार ९ अर्ब ८१ कोड ३८ लाख रुपैयाँ लगानी थपेका हुन् । साउनमा महिनामा सिटिजन म्युचुअल फन्ड–१ को मात्रै सेयर बजारमा हुने लगानी घटेको छ । यी बाहेकका ४२ वटै फन्ड लगानी बढाएका छन् ।

सेयर बजारमा सबैभन्दा ठुलो लगानी एनआइबिएल सहभागि फन्डको २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । गत असारको तुलनामा फन्डले ३८.२५ प्रतिशत वृद्धि गरेको हो । दोस्रो ठुलो लगानी एनएमबि बचत फन्ड–ई को पनि २ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

साउनमा १५ वटा फन्डले सेयर बजारमा १ अर्ब बढी लगानी गरेका छन् । सर्वाधिक लगानी वृद्धिदर भने एनआइबिएल स्टेबल फन्डको ११३.८१ प्रतिशत बढेको छ।

नाफामा २३७ प्रतिशतको छलाङ : एनएमबि सरल बचत फन्ड–ईले कमायो सर्वाधिक

साउनमा फन्डहरुले नाफामा छलाङ पारेका छन् । एकै महिना फन्डहरुको नाफा २३७ प्रतिशत वृद्धि भएको छ । असारमा २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ नाफा कमाएका थिए । तर, साउनमा भने ९ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका छन् । साउनमा सर्वाधिक नाफा एनएमबि सरल बचत फन्ड–ई ले ५३ करोड १६ लाख रुपैयाँ कमाएको छ। यो असारको तुलनामा ५३७.४३ प्रतिशत बढी हो ।

यस्तै, साउनमा एनआइबिएल सहभागिता फन्डले ४९ करोड ६१ लाख ५८ हजार, सिद्धार्थ इक्विटी फन्डले ३६ करोड ६८ लाख, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–दोस्रो ३६ करोड २९ लाख, एनएमबि ५० ले ३४ करोड ८२ लाख, नबिल ब्यालेन्ड फन्ड–३ ले ३३ करोड ९८ लाख, ग्लोबल आइएमई ब्यालेन्ड फन्ड–१ ३२ करोड ४२ लाख, प्रभु सेलेक्ट फन्डले ३२ करोड ९८ लाख र नबिल ब्यालेन्ड फन्ड–२ ले ३० करोड रुपैयाँ नाफा कमाएका छन् ।

गत असारमा नोक्सानीमा रहेका लक्ष्मी उन्नती कोष र सनराइज ब्लुचिप पनि क्रमशः १८ करोड ४७ लाख र १८ करोड ६ लाख रुपैयाँ धनात्मक देखिएको छ । तर, असारमा साढे ४ करोड नाफा कमाएको एनआइबिएल समृद्धि फन्ड–२ भने ३ करोड ५ लाख नोक्सानीमा देखिएको छ । यता, एनआइसी एशिया डायनामिक डेप्ट फन्डको नाफा भने १७.६७ प्रतिशत घटेको छ ।

औसत न्याभ १२ रुपैयाँ ९१ पैसा, कसको कति ?

साउनमा फन्डहरुको औसत न्याभ १२ रुपैयाँ ९१ पैसा कायम भएको छ । असारको तुलनामा २ रुपैयाँ ११ पैसा बढेको हो । एनआइसी एशिया डायनामिक डेप्ट फन्डको न्याभ ३२ पैसा घटेर १० रुपैयाँ ७७ पैसा कायम भएको छ । यी बाहेकका अन्य सबै फन्डहरुको न्याभ भने बढेको छ ।

साउनमा सबैभन्दा धेरै न्याभ एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–दोस्रोको १५ रुपैयाँ १९ पैसा छ । यस्तै, एनएमबि ५० को न्याभ १४.५० रुपैयाँ, प्रभु सेलेक्ट फन्डको १४.१० रुपैयाँ, सनराइज फस्ट म्युचुअल फन्डको १४.०५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्