लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बन्यो कामना सेवा, यो वर्ष कति दिने भयो बोनस र नगद ? « Arthapath.com
२८ भाद्र २०८१, शुक्रबार

लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बन्यो कामना सेवा, यो वर्ष कति दिने भयो बोनस र नगद ?



काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषण गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफाबाट १२ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको शुक्रवार वसेको संचालक समितिको यो वर्ष आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको छ । ७ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात सेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् ।

यो संगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । बैंकले गत आवको चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वाधिक प्रतिसेयर वितरण योग्य नाफा भएको विकास बैंक समेत हो ।


प्रतिक्रिया दिनुहोस्