जलविद्युत आयोजनामा बाढीको बितन्डा: १६ वटा आयोजनामा क्षति, केहीको उत्पादन नै बन्द
काठमाडौं । निरन्तर परेको वर्षातले विभिन्न डेढ दर्जन बढी जलविद्युत आयोजनाहरु क्षतिग्रस्त भएका छन् ।
बाढीका कारण १६ वटा जलविद्युत आयोजनाहरु क्षतिग्रस्त भएका हुन् । गत शुक्रबारदेखि निरन्तर परेको वर्षात मुलुकभरका १६ वटा आयोजनाहरु क्षतिग्रस्त भएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ।
इप्पानका अनुसार हाल केहीको उत्पादन नै बन्द भएका छन् । यद्यपि, केही जलविद्युत आयोजनामा सञ्चारसम्पर्क विच्छेद भएकाले सबै आयोजनाको क्षतिको विवरण प्राप्त हुन नसकेको इप्पानले जनाएको छ ।
इप्पानका अनुसार साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बुको हेडवक्र्समा क्षति भएको छ भने उत्पादन बन्द भएको छ । यता, सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनामा बाँध र टेलरेसमा क्षति भई उत्पादन बन्द भएको इप्पान ले जनाएको छ ।
इप्पानका अनुसार मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूणर्रुपमा डुबेको छ ।
यस्तै, माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको), पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनँःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त) भएको छ ।
सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनामा बाँध र प्रसारणलाइनमा क्षति, फेमे खोला जलविद्युत आयोजना १ मेगावाट पाँचथरको बाँध र विद्युतगृह पूणर्रुपमा क्षति भएको छ ।
त्यसैगरि सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति), सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति), इलेप खोला तातोपानी जलविद्युत आयोजना (२५ मेगावाट, धादीङ, (पहुँचमार्गमा ठूलो क्षति, माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको) र हेवाखोला जलविद्युत आयोजना १० मेगावाट, पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको) इप्पानले जनाएको छ ।
यता, (१५.१ मेगावाटको सभाखोला बी जलविद्युत आयोजनामा पहुँचमार्ग, पावरहाउस पुरिएको तथा बाँधमा क्षति र अस्थाई पुल बगाएको छ । इप्पानका अनुसार सभाखोला सी जलविद्युत आयोजना (६.३ मेगावाट) को पहुँचमार्गमा क्षति, ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा पहुँचमार्गमा क्षति, १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनामा २ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर र बेलीब्रिज बगाएको छ । यसका साथै पावर हाउस स्काभेसन पुरिएको इप्पानले जनाएको छ ।