४३ वटा म्युचुअल फन्डको एकमुष्ट रिपोर्ट: नाफामा व्यापाक सुधार, बढाए सेयर बजारमा लगानी, कुनको न्याभ कति ? « Arthapath.com
२९ कार्तिक २०८१, बिहीबार

४३ वटा म्युचुअल फन्डको एकमुष्ट रिपोर्ट: नाफामा व्यापाक सुधार, बढाए सेयर बजारमा लगानी, कुनको न्याभ कति ?



काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरुको नाफामा व्यापाक सुधार देखिएको छ । फन्डहरुको नाफा करिब ६५ प्रतिशत बढेको देखिन्छ ।

हाल संचालनमा रहेका सूचीकृत ४३ वटा म्युचुअल फन्डहरुले प्रकाशन गरेको गत असोज महिनाको वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।

असोजमा ती फन्डको नाफा ६४.८७ प्रतिशत बढेको छ । असोज फन्डहरुले कुल ६ अर्ब ४७ करोड ५ लाख ६१ हजार रुपैयाँ नाफा कमाएका छन् । जबकि गत भदौ महिनामा उनीहरुको नाफा ३ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ मात्रै थियो । असोजमा एक बाहेक सबै फन्डहरुले नाफामा बढाएका छन् । गत भदौमा नोक्सानी व्यहोरेका तीन वटा फन्डहरु पनि नाफामा उक्लिएका छन् ।

असोजमा सर्वाधिक नाफा एनएमबि सरल बचत फन्ड इले ३६ करोड ६४ लाख ९६ हजार रुपैयाँ कमएको छ । दोस्रो धेरै एनआइबिएल सहभागिता फन्डले पनि ३० करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । तर, हिमालयन ८०-२० को नाफा भने ४.७६ प्रतिशत घटेको छ । यस्तै, गत भदौमा नोक्सानीमा रहेका एनआइबिएल समृद्धि फन्ड–२, एनआइबिएल स्टेबल फन्ड र मेगा म्युचुअल फन्ड–१ असोजमा भने नाफामा देखिएका छन् ।

कसले कति कमाए नाफा ?

अधिकांश फन्डहरुको न्याभ बढ्यो, कसको कति ?

असोज महिनामा अधिकांश फन्डहरुको प्रतिइकाई खुद सम्पत्ति (न्याभ) मा पनि सुधार देखिएको छ । औसतमा भने ०.१३ रुपैयाँ मात्रै बढेको छ । असोजमा ९ वटा बाहेकका फन्डहरुको न्याभ बढेको छ । हाल औसत न्याभ ११.६७ रुपैयाँ छ ।

सबैभन्दा धेरै न्याभ एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड दोस्रोको १३.२१ रुपैयाँ छ । सबैभन्दा कम न्याभ हुने फन्डको पनि १०.४५ रुपैयाँ छ । विवरणअनुसार ११ फन्डको न्याभ १२ रुपैयाँ माथि र २८ वटाको न्याभ ११ रुपैयाँ माथि छ ।


एक महिनामै सेयर बजारमा थपे साढे ३ अर्ब लगानी

एक महिनामा फन्डहरुले सेयर बजारमा साढे ३ अर्ब बढी लगानी थपेका छन् । गत भदौमा फन्डहरुको लगानी ३८ अर्ब ३९ करोड ५४ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

तर, असोज आइपुग्दा भने ९.७२ प्रतिशत अर्थात् ३ अर्ब ७३ करोड ३ लाख ८ हजार रुपैयाँ बढेको छ । असोजसम्म फन्डहरुको सेयर बजारमा कुल लगानी ४२ अर्ब १२ करोड ५७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । तीन वटा फन्डहको मात्रै लगानी घटेको देखिन्छ ।

सेयर बजारमा सबैभन्दा धेरै लगानी एनआइबिएल सहभागिता फन्डको ३ अर्ब १९ करोड ५३ लाख रुपैयाँ छ । दोस्रो धेरै लगानी एनएमबि सरल बचत फन्ड इको २ अर्ब ३७ करोड १ लाख रुपैयाँ रहेको छ ।

यी बाहेकका फन्डहरुको लगानी २ अर्ब भन्दा तल नै छ । असोजसम्म १६ फन्डको लगानी अर्ब माथि छ ।


प्रतिक्रिया दिनुहोस्