लघुवित्तको वित्तीय रिपोर्ट : सूचीकृतमध्ये ३१ वटा मात्रै देखिए नाफामा, डेढ दर्जन कम्पनी अझै घाटामा « Arthapath.com
१३ मंसिर २०८१, बिहीबार

लघुवित्तको वित्तीय रिपोर्ट : सूचीकृतमध्ये ३१ वटा मात्रै देखिए नाफामा, डेढ दर्जन कम्पनी अझै घाटामा



काठमाडौं । लघुवित्त कम्पनीहरुको नाफा अझै पनि दबाबमै देखिएको छ । कम्पनीहरुको खुद ब्याज आम्दानी वृद्धि हुँदा कम्पनीहरुको नाफा गिरावट आएको छ ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५० वटा लघुवित्त कम्पनीहरु सूचीकृत छन् । ती कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीहरुले औसतमा ५३ करोड २८ लाख ६६ हजार रुपैयाँ मात्रै नाफा कमाएका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने ९.३० प्रतिशत कमी हो । गत आवको सो अवधिमा कम्पनीहरुले ५८ करोड ७५ लाख ३४ हजार रुपैयाँ बढी नाफा कमाएका थिए ।

समिक्षा अवधिमा कम्पनीहरुको खुद ब्याज आम्दानी पनि दोहोरो अंकमा वृद्धि भएको छ । तर, खराब कर्जा नियन्त्रण नहुँदा पनि उनीहरुको नाफा प्रभावित भएको हो । कम्पनीहरुले प्रोभिजन लगायतका अन्य शीर्षकहरुमा ठुलो रकम छुट्याउन पर्दा नाफा घटेको देखिन्छ ।

समिक्षा अवधिमा कम्पनीहरुको खुद ब्याज आम्दानी साढे १८ प्रतिशत वृद्धि भएको छ । तीन महिनामा कम्पनीहरुको यस्तो आम्दानी ६ अर्ब ८४ लाख बढी देखिन्छ ।

सूचीकृत ५० मध्ये ३१ कम्पनी मात्रै नाफा छन् । ती मध्ये १६ वटा कम्पनीहरुको मात्रै नाफा वृद्धि भएको छ, १५ वटा नाफामा गिरावट आएका छ । समिक्षा अवधिमा १९ वटा कम्पनीहरु घाटा व्यहोरेका छन् ।

यस्तै, गत आवको पहिलो त्रैमासमा नोक्सानीमा रहेका आधा दर्जन कम्पनीहरुको नाफा धनात्मक देखिएको छ । गत आवमा घाटामा रहेका फरवार्ड, सृजनशील, एनएमबि, उपकार र मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफामा व्यापाक सुधार आएको छ ।

हाल यी कम्पनीहरुको नाफा धनात्मक छ । यता, गतको पहिलो त्रैमासमा नाफामा देखिएका आठ कम्पनीहरु भने नोक्सानीमा छन्। सिवाइसी नेपाल, नाडेप, इन्फिनिटी, नेरुडे, सूर्योदय वोमी, विजय, आत्मनिर्भर, समाज लघुवित्त घटामा पुगेका छन् ।

यस्तै, मातृभूमि, आशा, अभियान, सामुदायिक, स्वाभिमान, धोलागिरी, जनउत्थान, विन नेपाल समता घरेलु, निर्धन, लगयतका कम्पनीहरु अझै पनि घाटामे चलिरहेका छन् ।

हिमालयन, गुराँस र आरम्भ चौतारीको नाफामा चामत्कारिक उछाल, यी हुन् नाफा बढाउने कम्पनीहरु

चालु आवको पहिलो त्रैमासमा हिमालयन लघुवित्तको नाफा सर्वाधिक ११४३ प्रतिशत वृद्धि भएको छ । तीन महिनामै कम्पनीले १ करोड ३४ लाख नाफा कमाएको छ ।

यस्तै, गुराँस लघुवित्तको नाफा ९८९.१७ प्रतिशत बढेर १ करोड १ लाख, आरम्भ चौतारीको ७४५.६७ प्रतिशत बढेर २ करोड १५ लाख, कालिकाको २०९.८६ प्रतिशत बढेर १ करोड ७० लाख, महिलाको ११४.५२ प्रतिशत बढेर २ करोड ३३ लाख र स्वावलम्वनको ११.४४ प्रतिशत बढेर ६ करोड ७४ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, समिक्षा अवधिमा नेशनल लघुवित्तको नाफा पनि ९०.३२ प्रतिशत, स्वरोजगारको ८७.७५ प्रतिशत, लक्ष्मीको ७८.४९, सपोर्टको ६३.०८, मिथिलाको ३५.८, ग्रामिण विकासको ३०.६३ र ग्लोबल आइएमई लघुवित्तको १९.०२ प्रतिशत वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्