म्युचुअल फन्डहरुले घटाए सेयर बजारमा लगानी : नाफा र न्याभमा पनि गिरावट, कुनको अवस्था कस्तो ?
काठमाडौं । अधिकांश सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को वित्तीय स्थिति खस्किएको छ । फन्डहरुको नाफा, प्रतिइकाई खुद सम्पत्ति (न्याभ) र सेयरमा गरिने लगायत पनि घटाएका छन् ।
हाल संचालनमा रहेका सूचीकृत ४३ वटा म्युचुअल फन्डहरुले प्रकाशन गरेको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत असोज महिनाको तुलनामा फन्डहरुको नाफा औसत साढे ६ प्रतिशत, न्याभ पनि ०.०२ रुपैयाँ र सेयर बजार लगानी समेत झन्डै तीन प्रतिशत घटेको देखिन्छ । तर, असोजमा भने फन्डहरुको नाफा ६४.८७ प्रतिशत, न्याभ औसत ०.३० रुपैयाँ र सेयर बजारमा लगानी ९.७२ प्रतिशत बढाएका थिए ।
तर, बजारमा आएको उतारचाढवले अधिकांश फन्डहरुको वित्तीय अवस्थामा खास सुधार आउन सकिरहेको छ । म्युचुअल फन्डहरुको लागि कात्तिक महिना खास फलदायी बन्न सकेन, सेयर बजारमा आएको उतारचढावले फन्डहरुको वित्तीय प्रगति सकरात्मक नदेखिएको हो ।
सेयर बजारमा लगानीको आकार साढे ४० अर्ब माथि, १२ वटा बाहेका फन्डले घटाए लगानी
कात्तिकमा अधिकांश फन्डहरुको सेयर बजारमा लगानी घटाएका छन् । फन्डहरुको सेयर बजारमा लगानीको आकार भने असोजको तुलनामा २.८७ प्रतिशत घटेको छ । योसँगै कात्तिकमा फन्डहरुको कुल लगानी ४० अर्ब ६५ करोड २० लाख ३० हजार रुपैयाँ पुगेको छ । यो गत असोजमा भने ४१ अर्ब ८५ करोड ३३ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
झन्डै एक दर्जन फन्डहरुको मात्रै लगानी बढेको देखिन्छ । कात्तिकमा एनआइसी एशिया डायनामिक डेप्ट फन्डले १८२.६२ प्रतिशत लगानी बढाएर ४३ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ । कात्तिकमा एनआइसी एशिया ग्रोथ फन्ड, सिटिजन्स म्युचुअल फन्ड–२, कुमारी सुनौलो लगानी योजना, कुमारी सवल योजना लगायतका १२ वटा फन्डको सेयर बजारमा लगानी बढेको छ ।
तर, सानिमा इक्विटी फन्ड, सिटिजन्स म्युचुअल फन्ड–१, सनराइज ब्लु चिप लगायतका धेरै फन्डको लगानी घटेको छ । सेयर बजारमा सबैभन्दा ठुलो लगानी एनआइबिएल सहभागिता फन्डको ३ र्अ ६ करोड ८९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
यस्तै, दोस्रो धेरै एनएमबि सरल बचत फन्ड इको २ अर्ब ३४ करोड ७ लाख रुपैयाँ छ । सिद्धार्थ इक्विटीसहित १५ वटा फन्डको लगानी १ अर्ब माथि छ ।
कुनको कति ?
६.८४ प्रतिशत घट्यो नाफा, कात्तिक कमाए ६ करोड
कात्तिकमा फन्डहरुको औसत नाफा ६.८४ प्रतिशत घटेको छ । गत असोज महिनामा ती फन्डहरुले ६ करोड ४७ लाख ५ लाख ६१ हजार रुपैयाँ नाफा कमाएका थिए । तर, कात्तिकमा भने घटेर ६ करोड २ लाख ८२ हजार रुपैयाँमा झरेको छ ।
कात्तिकमा एनआइबिएल समृद्धि फन्ड–२ ले त १२ करोड ६२ लाख रुपैयाँ नोक्सानी व्यहोरेका छ । कात्तिकमा १५ वटा फन्डले मात्रै नाफा बढाएका छन् ।
सो महिनमा ग्लोबल आइएमई ब्यालेन्सड फन्ड–१, सिटिजन म्युचुअल फन्ड–१, प्रभू स्मार्ट फन्ड, सिटिजन्स सुपर ३० लगायतका फन्डको नाफा वृद्धि भएको छ । तर, मेगा म्युचुअल फन्ड–१, एनआइबिएल स्टेबल फन्ड, सनराइज ब्लु चिप, आरविवि म्युचुअल फन्ड, एनआइबिएल ग्रोथ फन्ड, एनआइसी एशिया ग्रोथ फन्ड लगायतका २८ वटा फन्डको नाफा घटेको छ ।
अधिकांश फन्डको न्याभ घट्यो, झन्डै डेढ दर्जनले मात्रै बढाए
कात्तिकमा नाफासँगै फन्डहरुको न्याभ पनि घटेको छ । असोजमा फन्डहरुको औसत न्याज १६.६५ रुपैया रहेको थियो । तर, कात्तिक भने सामान्य घटेर १६.६३ रुपैयाँ कायम भएको छ ।
सो महिनामा एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–दोस्रो ०.९१ रुपैयाँ बढेर १३.१२ रुपैयाँ पुगेको छ । यो सबैभन्दा धेरै हो ।
१० फन्डहरुको न्याभ १२ रुपैयाँ माथि छ । प्रभू स्मार्ट फन्डको न्याभ १२.५८ रुपैयाँ, प्रभू सेलेक्टको १२.४२, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को १२.२५, ग्लोबल आइएमई ब्यालेन्सड फन्ड–१ को १२.१९, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को १२.१७, हिमालयन ८०–२० को १२.१४, एनएमबि ५० को १२.०७, सिद्धार्थ इक्विटी फन्डको १२.०६, शुभलक्ष्मी कोषको १२.०३ र लक्ष्मी उन्नती कोषको न्याभ १२.०२ रुपैयाँ रहेको छ । यस्तै, २८ वटा फन्डहरुको न्याभ ११ रुपैयाँ माथि छ भने चार वटाको भने १० रुपैयाँ माथि छ ।