बैंकमा पैसा फालाफाल, आज फेरि थप ६० अर्ब तान्दै राष्ट्र बैंक « Arthapath.com
६ माघ २०८१, आईतवार

बैंकमा पैसा फालाफाल, आज फेरि थप ६० अर्ब तान्दै राष्ट्र बैंक



काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले बजारबाट थप रकम खिच्ने भएको छ । बैंकिङ्गा प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि केन्द्रिय बैंकले ६० अर्ब रुपैयाँ तान्ने भएको हो ।

बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले आजै अर्थात् माघ ६ गते मध्यान्ह २ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । यस बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न पनि सकिने छ । साँवा तथा ब्याज भुक्तानी भने अगामी कात्तिक माघ २७ गते हुनेछ ।

41.DC_-NOtice2081.10.06-60Arab


प्रतिक्रिया दिनुहोस्