एकाएक कसरी आयो माइक्रोफाइनान्सको ‘ब्यालेन्स सिट’मा चामत्कारिक अदलाबदली ?

काठमाडौं । बढ्दो खराब कर्जाले गुज्रिरहेका लघुवित्त कम्पनीहरुको वित्तीय प्रगति अझै पनि सामान्य अवस्थामा आउन सकिरहेको छैन् ।
कम्पनीहरुको समयमै कर्जाको साँवा, किस्ता र ब्याज समयमै नउठ्दा मार खेपिरहेका छन् । यद्यपि, पछिल्लो समय भने केही सुधारको संकेत भने देखिएको छ ।
अझै बढ्दो खराब कर्जाका कारण नै बैंक तथा वित्त कम्पनीको नाफा लगायतका सूचकहरुमा नकरात्मक प्रभाव परिरहेको छ । बैंकहरुको नाफा लगायतका सूचकमा खाससुधार नदेखिको छैन् । तर, लघुवित्त तर्फको भने केही सकरात्मक दृश्य देख्न सकिन्छ ।
लघुवित्त कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले भने केही सुखद चित्रण गरेको छ । कम्पनीहरुको खुद ब्याज आम्दानी, खुद नाफा, खराब कर्जा नियन्त्रण लगायतका सूचकहरुमा अदलाबदली देखिएको छ ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५० वटा लघुवित्त कम्पनीहरु सूचीकृत छन् । ती कम्पनीहरुको नाफा औसतमा साढे ५० प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ती कम्पनीहरुले १ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ५०.४७ प्रतिशत बढेर २ अर्ब ७८ करोड १५ लाख रुपैयाँ पुर्याएका छन् ।
समिक्षा अवधिमा ५० मध्ये ४३ वटा कम्पनी नाफामा छन् भने ७ वटाले मात्रै नोक्सानी व्यहोरेका छन् । जबकि, गत आवको दोस्रो त्रैमासमा १२ वटा लघुवित्त घाटामा चलिरहेका थिए । समिक्षा अवधिमा २८ वटा कम्पनीको खुद नाफा बढेको छ ।
नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा सहजीकरण गरिदिएपछि लघुवित्त कम्पनीहरुको नाफा बदलाव आएको हो । लघुवित्तको नाफा बढ्नुको मुख्य कारण केन्द्रिय बैंकले दिएको कर्जा पुनर्संचना लगायतका सुविधा नै हो । उक्त सुविधाले कम्पनीहरुको खराब कर्जा अनुपात केही घटेको छ । अर्को तर्फ खुद ब्याज आम्दानी पनि बढोत्तरी आएको छ । जसले कम्पनीहरुको नाफा बढाउन टेवा पुगेको लघुवित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन् ।
समिक्षा अवधिमा साना किसान विकास लघुवित्तले सर्वाधिक ५१ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रो सूचीमा रहेको छिमेक लघुवित्तले पनि ५१ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सर्वाधिक नाफा बढाउनेको पहिलो सूचीमा भने स्वाभिमान लघुवित्त देखिएको छ । कम्पनीको नाफा झन्डै ३६ गुणा बढेको छ ।
यस्तै, निर्धन उत्थान, हिमालयन, एनआइसी एशिया, मिथिला, महिला, आरम्भ चौतारी, उन्नती सहकार्य, ग्लोबल आइएमई, कालिका, स्वरोजगार, नेशनल, सीवाईसी नेपाल, डिप्रोक्स, गुराँस लघुवित्तले शतप्रतिशत नाफा बढाएका छन् । यी बाहेक स्वालम्वन, सपोर्ट, विजय, सूर्योदय वोमी, नाडेप लगायका लघुवित्तको नाफामा पनि उल्लेख्य वृद्धि भएको छ ।
कसले कति कमाए नाफा ?


२५ प्रतिशत बढाए खुद ब्याज आम्दानी, कसले कति उठाए ब्याज ?
समिक्षा अवधिमा कम्पनीहरुको खुद ब्याज आम्दानी पनि २५.२४ प्रतिशत वृद्धि भएको छ । ६ महिनामै कम्पनीहरुले १४ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ ब्याज उठाएका छन् ।
गत आवको सो अवधिमा भने कम्पनीहरुको यस्तो ब्याज आम्दानी ११ अर्ब ८९ करोड २६ लाख रुपैयाँ मात्रै रहेको थियो । ४१ वटा कम्पनीहरुको खुद ब्याज आम्दानी वृद्धि भएको छ । समिक्षा अवधिमा डिप्रोक्स लघुवित्त एक्लैले १ अर्ब ३५ करोड ८७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।


अधिकांश कम्पनीको खराब कर्जामा सुधार, कुनको कति छ ?
हाल कम्पनीहरुको औसत खराब कर्जा ६.१८ प्रतिशत छ । अधिकांश कम्पनीहरुको खराब कर्जामा सुधारिएको छ ।
सपोर्ट र महिला लघुवित्तले भने खराब कर्जा अनुपात २ प्रतिशत कममा राख्न सफल भएका छन् । यी दुई कम्पनीसहित २५ वटा कम्पनीको खराब कर्जा ५ प्रतिशत तल छ । बाँकी २५ वटाको भने सीमा भन्दा माथि अर्थात् ५ प्रतिशत बढी छ ।
नेष्डो समृद्धिको खराब कर्जा १६.६१ प्रतिशत, युनिक नेपालको १६ प्रतिशत, आत्मनिर्भरको १५.०९ प्रतिशत, एनआइसी एशिया लघुवित्तको १३.३७ प्रतिशत पुगेको छ ।


कुनको इपिएस कति ?
समिक्षा अवधिमा अधिकांश कम्पनीहरुको प्रतिसेयर आम्दानी (इपिएस) मा पनि सुधार देखिएको छ । आधा दर्जन कम्पनीको इपिएस मात्रै ऋणात्मक छ ।
दोस्रो त्रैमासमा सबैभन्दा धेरै इपिएस महिला लघुवित्तको ६७.३७ रुपैयाँ छ । यस्तै, ग्लोबल आइएमई लघुवित्तको ३८.२४ रुपैयाँ, मिथिलाको ३८.२४, युनिक नेपालको ३६.९०, सृजनशीलको ३४.३०, सीवाइसी नेपालको ३२.४०, नेशनलको ३२.३४, डिप्रोक्सको ३१.८४ र कालिका लघुवित्तको ३०.४९ रुपैयाँ छ ।

