१० महिनामा रेमिट्यान्स १९ खर्ब १६ अर्ब ९० करोड भित्रियो, ४१.२ प्रतिशतले बढ्यो « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

१० महिनामा रेमिट्यान्स १९ खर्ब १६ अर्ब ९० करोड भित्रियो, ४१.२ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकल सार्वजनिक गरेको देशको वर्तमान स्थितिमा रेमिट्यान्स ४१.२ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो । २०८३ बैशाख महिनामा विप्रेषण आप्रवाह रु.२५७ अर्ब ४९ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१६५ अर्ब ३० करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.२०९१ अर्ब ८६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१४८० अर्ब २८ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ३५ हजार ५१० र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २६ हजार ३६४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमश: ४ लाख ५ हजार ६१० र २ लाख ८० हजार ३१४ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्