सर्वसम्मत नेतृत्वको माग राख्दै एनआरएनए संस्थापक अध्यक्ष महतोले सम्मेलन बहिस्कार गरे « Arthapath.com
२८ आश्विन २०७६, मंगलवार

सर्वसम्मत नेतृत्वको माग राख्दै एनआरएनए संस्थापक अध्यक्ष महतोले सम्मेलन बहिस्कार गरे



काठमाडौं । विगतदेखीनै सर्वसम्मत नेतृत्व बन्नुपर्छ भन्दै आएका एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्मेलननै बहिस्कार गरेका छन ।
महतो एनआरएनएको संस्थापक अधयक्ष हुन । हाल राजधानीमा जारी सम्मेलनमा २ ओटा प्यानल निर्वाचनमा होमिएको छ । महतो सर्वसम्मतीको लागी भन्दै तटष्त बसेका थिए । महतोले गैर आवासीय नेपाली संघमा चुनाव हुनु दुःखद भएको भन्दै सम्मेलननै बहिस्कार गरेका हुन ।
उनले एनआरएनए नेपाल र नेपालको हितमा भन्दा पनि व्यक्तिगत स्वार्थमा लागेकाले बहिस्कार गरेको बताएका छन । २ वर्षमा १ पटक नेपाल टेक्ने र नेपालमा लगानी नगरेकाले महतो असन्तुष्ट रहदै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्