पुनर्कर्जाको व्याजबाट राष्ट्र बैंकले कमायो ३५ अर्ब १३ करोड « Arthapath.com
१९ माघ २०७६, आईतवार

पुनर्कर्जाको व्याजबाट राष्ट्र बैंकले कमायो ३५ अर्ब १३ करोड



काठमाडौं । राष्ट्र बैंकले आर्थिक वर्ष २०७५÷०७६ मा ३५ अर्ब १३ करोड रुपैयाँ नाफा गरेको छ । राष्ट्र बैंकले बैंकहरूलाई वितरण गरेका पुनर्कर्जाको व्याजबाट मुनाफा गरेको हो । राष्ट्र बैंकमा रहेका थुप्रै पुनर्कर्जा कोषसलाई केन्द्रीय बैंकले विभिन्न प्रयोजनका लागि लगानी गर्ने गर्दछ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय बीमा संस्थान, विभिन्न बैंक तथा वित्तीय संस्था लगायत अन्य कम्पनीमा समेत लगानी गरेको थियो । यसमध्ये धेरैजसो कम्पनीबाट रकम फिर्ता गरिसकेको जनाएको छ ।

नेपाल स्टक एक्सचेन्ज, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्र, आरएमडिसी लघुवित्त वित्तीय संस्था, नेशनल बैंकिङ इन्ष्टीच्यूटलगायतका कम्पनीमा राष्ट्र बैंकको हाल पनि सेयर छ । नागरिक लगानी कोष र नेप्सेमा रहेको सेयर राष्ट्र बैंकले केही समयअघि बिक्री गरेको थियो भने अझै पनि यी संस्थामा लगानी बाँकी छ । राष्ट्र बैंकमा रहेको पुनर्कर्जा कोषमा हाल ३५ अर्ब रुपैयाँ छ । राष्ट्र बैंकले कोषको रकमबाट बैंकहरूले दिदैँ आएको रकमबाट मुनाफा गर्ने गरेको छ । पुनर्कर्जा कोषको रकम सानो भएको भन्दै बढाउने तयारी गरेको छ ।

गत वर्ष कोषबाट लगानी गरेको रकमबाट भएको मुनाफाबाट सरकारलाई नाफा वितरण गरेपछि पुनर्कर्जा कोषमा पैसा थप भएको हो । राष्ट्र बैंकले गतवर्ष गरेको नाफाको केही रकम पुनर्कर्जा कोषमा हाल्ने भएको छ । यद्यपि, सञ्चालक समितिबाट भने कोषमा कति राख्ने भन्ने निर्णय भइसकेको छैन तर प्रारम्भिक छलफलमा १३ अर्ब ८४ करोड रुपैयाँ कोषमा हाल्ने मोटामोटी निर्णय भएको छ । बैंकहरूले लगानी गर्ने पैसा नपाएको गुनासो गरेका वेला नेपाल राष्ट्र बैंकले भने पुनकर्जा कोषको रकम वृद्धि गरेको हो ।

अघिल्लो वर्षमात्रै राष्ट्र बैंकले १० अर्बको कोषलाई २० अर्ब पु¥याएको थियो । त्यसपछि फेरि १५ अर्ब थपेर ३५ अर्ब पु¥याएको थियो । राष्ट्र बैंकले सरकारको नाफा र आफ्नो सञ्चिति कोषको रकमबाट पुनर्कर्जाको रकम वृद्धि गर्ने तयारी गरेको हो । ‘फ्रिज’ भएर बसेको सरकारी पैसालाई पनि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न पुनर्कर्जाका रुपमा प्रयोग गर्ने योजना बनाएको छ ।

गत आर्थिक वर्षको नाफाबाट सरकारलाई १० अर्ब लाभांश दिने राष्ट्र बैंकले जनाएको छ । गतवर्ष साढे ७ अर्ब लाभांश दिएको थियो । यसपालि छुट्याइएको १० अर्बमध्ये दुईपटक गरेर सरकारले ७ अर्ब लगिसकेको छ । सुरुमै २ अर्ब र गत पुस मसान्तका दिन राजस्व नपुगेपछि थप ५ अर्ब लगेको थियो भने बाँकी ३ अर्ब लैजाने भएको छ ।

बैंकहरूले निक्षेप संकलनभन्दा बढी ऋण लगानी गरेका कारण कर्जा–पुँजी– निक्षेप अनुपात साढे ७८ प्रतिशत हाराहारी पु¥याइसकेका छन् भने राष्ट्र बैंकले पुनर्कर्जा रकम वृद्धि गरे त्यो पैसा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्