अव अनलाईनबाट कर तिर्दा १० प्रतिसत क्यासव्याक, मुस्कान सहितको सेवा दिन मन्त्री खतिवडाको निर्देशन « Arthapath.com
२८ माघ २०७६, मंगलवार

अव अनलाईनबाट कर तिर्दा १० प्रतिसत क्यासव्याक, मुस्कान सहितको सेवा दिन मन्त्री खतिवडाको निर्देशन



काठमाडौं । आन्तरिक राजश्व विभागले बायोमेट्रिक दर्ता र विद्युतिय माध्यमबाट कर भुक्तानी गर्ने उपभोक्ताको रकम फिर्ता गर्ने भएको छ । बायोमेट्रिक दर्ता र विद्युतिय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तले तिरेको मुल्य अभिबृद्धि करको दश प्रतिशतले हुने रकम उपभोक्ताको बैंक खातमा फिर्ता गर्ने भएको हो । मंगलवार कार्यक्रमको सुभारम्भ गरिएको छ । अर्थ मन्त्री युवराज खतीवडाले कार्यक्रमको सुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै मन्त्री खतीवडाले उपभोक्तहरुलाई कर तिर्न सहज हुने बताए । सामान्य कर तिर्नको लागि पनि करभन्दा बढि खर्च हुने गरेकोले जनता सास्ति खेप्न बाध्य थिए । अव त्यो समस्याको अन्त्य हुने मन्त्रीले दावी गरे ।

ठुला कम्पनिलले कर तिर्न करदाता मार्फत सहज हुने गरि व्यवस्था मिलाईएको छ । अव कसैले पनि कार्यालय पुगेर कर तिर्नुपर्दैन उनले भने “अनलाईनबाट कर तिर्ने वातावरणा तयार भएको छ ।” यस कार्यका लागि कर्मचारिले पनि कर्मचारी सदाचारी भएर लाग्नुपर्ने र जनतालाई कर तिर्न उत्साह थप्न कर प्रशासकहरूले मुस्कानसहितको सेवा दिनुपर्नेमा मन्त्री खतिवडाले जोड दिए ।

तर पछिल्लो समय राज्यलाई कर नतिर्ने थुपै्र रहेका र अव कसैले ढाँटेर खाने समय गएकाले सबैले ईमानदारिकताका साथ राज्यलाई कर तिर्न उनले आग्रह गरेका छन ।कर नतिर्न जोकोहिलाई पनि अव अनुगमन गर्ने र कावाहीको दायरामा ल्याउने उनले बताए ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवर र राजश्व सचिव शिशिर ढुङ्गानाको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्