अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने २५ व्यवसायी सम्मानित(नामावलिसहित) « Arthapath.com
२८ माघ २०७६, मंगलवार

अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने २५ व्यवसायी सम्मानित(नामावलिसहित)



काठमाडौं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) लाई सम्मान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित हुने व्यक्तिलाई सम्मानपत्र र राष्ट्रको महत्वपूर्ण परिचय पत्र प्रदान गरे ।

मुलुकको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघ संस्थालाई सीआईपी प्रदान गरिएको हो । सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, पर्यटन क्षेत्र, कर दाखिला र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका ३ गरी कूल २५ जना व्यक्ति तथा संस्थालाई सम्मानित गरेको हो ।

उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उनीहरुले देशका विशिष्ट व्यक्तिसंग औपचारिक भेटघाटको विशेष अवसर पाउने, विमानस्थलमा विशिष्ट कक्षमा लञ्चको व्यवस्था, वैदेशिक व्यापार मेलामा जान पाउने लगायतका अवसर पाउने बताए ।

सम्मानित हुनेमा रामचन्द्र संघई, दोर्जे ग्लासेम लामा, राहुलमान शाक्य, सुर्य कुमार गुरुङ, रविन श्रेष्ठ, हरिकृष्ण बेदी, दियराज सापकोटा, युक्ति गोल्छा, पेम्बा दोर्जे, विश्वराज बस्नेत, मछिन्द्र पाण्डे, गौपी प्रसाद कँडेल, सुजन कुमार श्रेष्ठ, निमार्ण कुमार चौधरी, राजलक्ष्मी गोल्छा, दिपेश प्रधान, लिऊ शु कुवाङ, पवन कुमार गोल्याङ, चन्द्र प्रसाद ढकाल, सुर्यराज ढकाल, सुनिता शेर्पा, अक्ष गोल्याङ, भवानी राणा, राजेश कार्की श्रेष्ठ र शतिश कुमार मोर रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्