कोरोनाविरुद्ध महानगरपालिकाको १० करोडको कोष स्थापना (पूर्ण पाठसहित) « Arthapath.com
६ चैत्र २०७६, बिहीबार

कोरोनाविरुद्ध महानगरपालिकाको १० करोडको कोष स्थापना (पूर्ण पाठसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि १० करोडको कोष स्थापना गरेको छ । उक्त भाईरसको रोकथाम तथा नियन्त्रणका लागि साना, मझौला र ठूला वडाहरुलाई क्रमश रु २ लाख, रु ३ लाख र रु ४ लाखका दरले निकाशा गर्ने जनाकारी दिएको छ ।

महानगरपालिकाको कार्यपालिकाको आकस्मिक बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै महानगरपालिकाभित्र हुने मेला पर्व पनि नगर्न नगरवासीलाई आग्रह गरेको छ । निर्णय सार्वजनिक गर्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सुपथ मूल्य पसल सञ्चालनका लागि छलफल गरिरहेको बताए । उनले भने“हामीले सुपथ मूल्य पसल सञ्चालन गर्दा बजारमा भएको सामानलाई नै संकलन गरि बिक्री गर्ने हो, त्यसैले यसरी संकलन गर्दा बजारमा थप अभाव श्रृजना हुन सक्छ ।”

(पूर्ण पाठसहित)

त्यस्तै १६ नम्वर बुदामा उपप्रमुखको संयोजकत्वमा रहेको अनुगमल समितिलाई कालोबजारी रोक्न तथा नियन्त्रण गर्न टोली सक्रिय गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्