एक व्यक्तिमा भेटियो पोजेटिभ « Arthapath.com
१० चैत्र २०७६, सोमबार

एक व्यक्तिमा भेटियो पोजेटिभ



काठमाडौँ (रासस) । फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।
उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्