विद्युतीय चुल्होमा खाना पकाउनेलाइ २० प्रतिशत छुट « Arthapath.com
१३ चैत्र २०७६, बिहीबार

विद्युतीय चुल्होमा खाना पकाउनेलाइ २० प्रतिशत छुट



काठमाडौ । बिश्वभरी कोरोना भाईरसको सङ्क्रमण बढिरहेको छ । यस्को रोकथाम तथा नियन्त्रणका लागी सरकारले लकडाउन को पद्धति अपनाएको छ । लकडाउनको बेला विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।

इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन ऊर्जामन्त्री वर्षमान पुनले बताए ।


प्रतिक्रिया दिनुहोस्