खाद्यन्न अभाव हुन नदिन कर्णाली प्रदेशमा हवाईमार्फत खाद्यान्न ढुवानी « Arthapath.com
२२ चैत्र २०७६, शनिबार

खाद्यन्न अभाव हुन नदिन कर्णाली प्रदेशमा हवाईमार्फत खाद्यान्न ढुवानी



काठमाडौं । सरकारले लकडाउन जारी गरेकोले दुर्गम ठाउँमा खाद्यन्नको अभाव हुने गरेको छ । विशेषगरी कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका पहाड ितथा हिमाली जिल्लामा खाद्यन्न अपुग हुने गरेको छ । यसको समाभानको लागि सरकारले हिमाली जिल्लामा हवाई सेवामार्फत ढुवानी गरिरहेको छ । कर्णाली प्रदेश सरकारले खाद्यन्न अभाव हुन नदिनको लागि हवाई यातायातको प्रयोग गरेर खाद्यन्न ढुवानी गरेको छ ।

हिमाली जिल्लामा खाद्यान्न अभाव हुन नदिन कर्णाली प्रदेश सरकारले हवाई यातायातमार्फत खाद्यान्न पठाउन शुरु गरेको छ ।

हुम्लाका साथै डोल्पामा खाद्यान्न निर्यातको एक मात्र विकल्प हवाई सेवा नै भएकाले आकाश मार्गबाट खाद्य पठाइएको

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं आपूर्ति समितिका संयोजक नन्दसिंह बुढाका अनुसार कर्णाली प्रदेशका हुम्ला र डोेल्पा लगायतका जिल्लामा खाद्यन्न अभाव हुन नदिन उत्तम यपाय भनेको हवाई मागए मात्र रहेकाले खाद्य सामाग्री ढुवानी गरिरहेको जानकारी दिए । उक्त जिल्लाहरुमा सीता, तारा, समिटलगायतका निजी एयरलाइन्सबाट कर्णाली सरकारले खाद्य आपूर्ति गरेको मन्त्री बुढाले बताए ।
हुम्लामा खाद्य अभाव हुन नदिनको लागि २०० र मुगुमा १०० क्विन्टल चामल पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतका कार्यालय प्रमुख भीमबहादुर थापाले जानकारी दिए ।

कार्यालय प्रमुख थापाका अनुसार राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको १, ५, ९, १२ र १३ वडामा ५०० क्विन्टल वितरण गरिएको छ । आपूर्ति समितिले कहीँकतै अभाव हुन दिएको छैन । हामीसँग हाल ४४ हजार क्विन्टल खाद्यान्न सञ्चित छ ।

यसले कर्णालीको करिब १८ लाख जनसङ्ख्यालाई करिब तीन महिना खान पुग्छ । मूलत स् यो व्यापार कम्पनीको जगेडा खाद्य मात्र हो । यही परिमाणको चामल निजी क्षेत्रसँग पनि छ ।”


प्रतिक्रिया दिनुहोस्