सुदूर पश्चिममा कोरोना संक्रमीतको संख्या चार पुगेसंगै सेण्टर प्वाइन्ट बन्ने खतरा « Arthapath.com
२२ चैत्र २०७६, शनिबार

सुदूर पश्चिममा कोरोना संक्रमीतको संख्या चार पुगेसंगै सेण्टर प्वाइन्ट बन्ने खतरा



काठमाडौं । सरकारले लकडाउन जारी गरेको शनिवार १२ दिन पुगेको छ । कोरोना संक्रमणको संख्या ९ जना पुगेको छ । सुदूरपश्चिम प्रदेशमा थप तीन जना कोरोनाका विरामी देखिएपछि कोरोना विरामीको संख्या ९ पुगेको हो। नौ जनाहरुमा एकजनाको स्वास्थ्य अवस्था निको भएर अस्पतालबाट घर गईसकेका छन । हाल उनी होम क्वारेन्टाईनमा बसेका छन । अन्य ८ जनाको भने अस्पतालमा आइसोलेशनमा राखेर उपचार भईरहेको छ ।

सरकारले लकडाउन जारी गरेको केहि दिनमा भारतबाट लाखौ नेपाली नेपाल प्रवेश गरेका थिए । उनीहरु सामूहिक रुपमा भिड भाड भएर घर आएका थिए । शनिवारका दिन देखिएका २ जना संक्रमीतहरु उनीहरुको भिडमा नै थिए । उनीहरु एक्लै नेपाल आएका थिएनन् । त्यसैले अव कोरोना संक्रमीतहरुको बढि हुने अनुमान गरिएको छ । तीन जना विरामी देखिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमीत विरामकिो संख्या चार पुगेको छ ।

यसरी उनीहरु सामूहिक रुपमा आएकाले भारतबाट संगै आएका विरामीहरुमा पनि फैलिएको हुनसक्ने अनुमान गरिएको छ । र तत्काल उनीहरुले होम क्वारेन्टाईनमा बस्नु पर्ने छ । उनीहरुको खोजी गरि तत्काल परिक्षण गर्नुपर्ने देखिएको छ । शनिवार कोरोना संक्रमीतमध्ये एकजनामा भने पहिलेको संक्रमीत ब्यक्तिबाट सरेको हो । उनले आफ्नै परिवारको सदस्यलाई रोग सराएका हुन । उनी पनि कतारबाट आएका थिए ।

भारतबाट आएका संक्रमीतहरु पनि घर पुगेर अस्पताल भर्ना भएका थिए । उनीहरुले कतिजनालाई संक्रमण गराए ? भन्ने पनि प्रश्न उठेको छ । कोरोना विरामीको संख्या चार पुगेसंगै सुदूरपश्चिम प्रदेश कोभिड १९ भाईरसका लागि सेन्टर प्वाईन्ट बन्ने खतारा बढेको छ । सरकारले लकडाउन अझै केहि दिन बढाउनु पर्ने देखिएको छ । जसले भारतबाट आएकाहरुको खोजी गर्न सजिलो हुने छ । भारतबाट फर्किएका व्यक्तिहरुको तत्काल खोजी गर्नुपर्ने नागरिक समाजका अगुवाहरुले बताएका छन ।

धनगढीका पहिलो संक्रमित युवाकी ३४ वर्षीय भाउजु, भारतको मुम्बईबाट फर्किएका कैलालीको लम्कीका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो । शनिवार भटिएका संक्रमीतहरुमध्ये कञ्चनपुरका ब्यक्ति लुकेर नेपाल प्रवेश गरेको पाईएको छ ।

भारतको उत्तराखण्डबाट फर्किएका ती ४१ वर्षीय पुरूष कञ्चनपुरको वेदकोटका रहेको खुलेको छ । उनी चैत २ गते भारतको उत्तराखण्ड चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँस्थित सडक निर्माणको काममा गएका थिए ।

नेपालका सीमा नाका बन्द भएपछि ती पुरुष पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेका पाइएको छ ।

अवैध बाटोमार्फत नेपाल छिरेको थाहा पाउने बित्तिकै चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले पक्राउगरी भीमदत्त नगरपालिका–९ मटैनास्थित गडाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्