एमसीसी बारे कांग्रेसले मुख खोल्यो, पूर्वअर्थमन्त्री कार्की भन्छन “एमसीसी राष्ट्रघाती सम्झौता होइन पास हुन पर्छ”
पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी देशको हितमा रहेकोले पास हुनै पर्ने बताएका छन ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले नेपाल सरकार र अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच भएको उक्त सम्झौताले नेपालको गरिबी निवारण र दिगो विकासमा सहयोग पुग्ने भएकाले एमसीसी पारित गर्नुपर्ने बताए ।
उनले एमसीसी सम्झौतामा आफुले हस्ताक्षर गरेको र उतm सम्भौताले नेपाल सरकारलाई ५० करोड अमेरिकी डलर अनुदान पाउने भएकोले उतm सम्झैता राष्ट्रहितमा रहेको बताएका छन ।
एमसीसी सम्झौता एकैरातमा बन्द कोठाबाट बसेर भएको होइन बाबुराम भट्टराई,खिलराज रेग्मी,शुसील कोइराला,केपी ओली र प्रचण्डको पालामा अगाडि बढेर देउवाको पालामा हस्ताक्षर भएको बताए ।
नेपाल सरकार र अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच उक्त सम्झौता भएको झन्डै अढाइ वर्ष हुन लागीसकेको छ ।
कार्कीले एमसीसीको विवादले राष्ट्रिय एकता र विश्वसनियतामाथि पनी भ्रम सिर्जना गरेको बताए ।