विश्व स्वास्थ्य संगठनको आग्रह : कोरोना महामारी कायम छ सतर्कता अपनाऔं
काठमाडौं ।
डब्ल्यूएचओको नेपाल कार्यालयले नोभेल कानेरोना भाइरस कोभिड–१९ को महामारी अझै कायम रहेकाले सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।
चैत ११ गतेबाट गरेको लडकडाउन सरकारले केही खुकुलो बनाए पनि कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सतर्कता अपनाउनुपर्ने संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले बताए ।
महामारी अझै छ र हामी जो कोही पनी संक्रमित हुन सक्छौ त्यसैले हामीले आवश्यक सर्तकता अपनाउन पर्ने बताएका छन ।
असार १गतेबाट लकडाउन खुकुलो भएसगै मानीसहरुको चहलपहल सुरु भएकाले सर्तक हुन सबैलाई आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनले संक्रमणबाट बच्नको लागी मानीसहरुले सामाजीक दुरी कायम गर्नु पर्ने, मास्क लगाउने तथा बेलाबेलामा साबुन पानीले हात धुन समेत सबैलाईआग्रह गरेको छ ।