६ देशमा अलपत्र नेपालीलाई आज स्वदेश फर्काइँदै « Arthapath.com
११ असार २०७७, बिहीबार

६ देशमा अलपत्र नेपालीलाई आज स्वदेश फर्काइँदै



काठमाडौ । कोरोना भाइरस कोभिड १९ महामारीका कारण विदेशमा अलपत्र ६ देशका नेपाली आज स्वदेश फकर्ने छन ।


विदेशमा समस्यामा परेका नेपालीलाई आज बिहीबार फरक फरक १३ अन्तर्राष्ट्रिय उडानबाट नेपालीहरुलाई स्वदेश फकाइने छ ।

त्रिभुवन विमानस्थलले दिएको जानकारी अनुसार आज यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना नेपाली स्वदेश फकर्ने छन भने कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना नेपाली नेपाल आउने छन ।

यस्तै नेपाल एअरलाइन्सले कुवेतबाटे १४९ नेपाली ल्याउने छ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना स्वदेश फकदै छन ।

कतार एअरवेजको जहाज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउने छन ।

यस्तै बहराएनमा समस्यामा परेका नेपाली लिन नेपाल एअरलाइन्सका दुई जहाज बहराइन जानेछ ।
मलेसियाको क्लालाम्पुरबाट पनी हिमालय एअरलाइन्सको चार्टर्ड जहाजले आजै नेपाली ल्याउने छ ।
कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नागरीकलाई सरकारले गत जेठ २३ गते देखि स्वदेश फकाउर्न सुरु गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्