अब सिम निकाल्न प्रयोगकर्ताको आफ्नै नागरिकताको प्रतिलिपी चाहिने
काठमाडौं । अब सिम निकाल्नको प्रयोगकर्ताले आफ्नै नागरिकताको प्रतिलिपी पेश गर्नु पर्ने भएको छ ।
नेपाल दूरसंचार प्राधिकरणले अब टेलिकम सेवा प्रदायक कम्पनीहरूलाई सिम वितरण गर्दा प्रयोगकर्ताकै नागरीकताको प्रतिलीपी पेश गरे मात्र सिम दिन निर्देशन दिएको छ ।
अर्को व्यतिmको नागरिकतामार्फत निकालेको सिमप्रयोगले बैंकिङ सेवा, इमेल र सामाजिक संजाललगायत क्षेत्रको सुरक्षामा सर्तकतामा आँच आउने भएकोले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको निर्देशन नमान्ने दूरसंचार सेवा प्रदायकलाई कडा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले जनाएको छ ।
टेलिकम कम्पनीहरूले अर्काका नाममा निकालका सिम पनी आफ्नो नाममा ल्याउन ग्राहकलाईे सुविधा दिएको छ । तर धेरै प्रयोगकर्ताले उपयोग गरेका छैनन ।
यदि प्राधिकरणको निर्देशन पालना नभएकमा तेस्तो टेलिकम कम्पनीलाई दूरसंचार ऐन २०५३ बमोजिमको कार्वाही हुने नेपाल दूरसंचार प्राधिकरणले जनाएको छ ।